साहित्य-वार्ता : ‘अनेसासलाई म जापानी शैलीमा ढाल्दैछु’

news-details

प्रकाश पौडेल ‘माइला’लाई नेपाली साहित्यमा तीन तरिकाबाट सम्झना गर्न सकिन्छ । पहिलो शङ्कर लामिछानेले सुरु गरेको नेपाली हाइकु परम्परालाई उन्नत शिखरमा पुुयाउने व्यक्तित्व । दोस्रो, विदेशमा रहेर पनि आफ्नो लेखनलाई निरन्तरता दिने व्यक्तित्व । अनि तेस्रो हो, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मार्फत् विगत १४ वर्षदेखि लगातार नेपाली भाषा र साहित्यको अभियन्ता ।

पहिलो व्यक्तित्वकारूपमा उनले हाइकुुमा निकै उचाइ बनाएका छन् ।उनी ‘वर्ल्ड हाइकु एसोसिएसन’का केन्द्रीयकार्य समितिका सदस्य छन् । सामान्यतया जापानीहरूलाई मात्र प्राप्त हुने यो पद पहिलो पटक नेपालीलाई प्राप्त भएको छ । जापानमा हाइकुुमा काम गर्ने कविहरूलाई निकै महत्त्व दिने गरिन्छ । नेपाली र जापानी दुुवै भाषामा लगातार हाइकु लेखन र हाइकु सम्बन्धी गतिविधि गरेको देखेपछि ‘वर्ड हाइकु एसोसिएसन’ले गैरजापानी भएपनि माइलालाई ‘वर्ड हाइकु एसोसिएसन’को कार्यकारी सदस्यमा नियुक्ति गरेको हो ।

दोस्रो व्यक्तित्वकारूपमा उनी जापानमा रहे पनि लगातार सिर्जनात्मक कार्यमा लागिरहेका छन् । उनको मूल विषय हाइकु भएपनि उनको कलम कथा, निबन्ध र नियात्रामा लगातार चलिरहेको छ । विदेशको व्यस्त समयका बीचमा पनि उनले सिर्जनालाई कहीँकतै रोकिन दिएका छैनन् ।

तेस्रो व्यक्तित्वकारूपमा हालै उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षकारूपमा निर्विरोध निर्वाचित भएका छन् । दुुई हजारभन्दा बढी सदस्य र संसारभर ४० वटाभन्दा बढी च्याप्टर रहेको यत्रो ठूलो संस्थामा उनी निर्विरोध भएपछि सबैतिर उनको व्यक्तित्वको विषयमा चासो बढेको छ ।

यसै सन्दर्भमा वरिष्ठ निबन्धकार युवराज नयाँघरेले अनेसासका नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल ‘माइला’सँग लामो कुराकानी गरेका थिए । त्यसका मुख्यअंश हामीले प्रस्तुत गरेका छौँ  :

अनेसासको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई छ ।

हजुर, धन्यवाद ! तपाईं पनि यसको एउटा महत्त्वपूर्ण सदस्य हुनुभएका कारण तपाईंसहित सबै शुुभेच्छुकहरूप्रति हार्दिक आभार र बधाई ।

सानो उमेरमायति ठूलो उपलब्धि, कस्तो अनुभव गर्नुभएको छ ?

जिम्मेवारी बोधको महसुस गरेको छु । विश्वास गरेर यति ठूलो जिम्मेवारी दिनुभएको छ, यसमा खुसीपनि छु ।

अध्यक्ष भएपछि केही घोषणा त पक्कै गर्नुहुन्छ, योजनाहरू के–कस्ता छन् ?

विशेषगरी वर्तमान कार्यसमितिले यो २ वर्षकोअवधिमा गर्नुपर्ने कामलाई तीन खण्डमा विभाजन गरेको छ । पहिलो त तत्काल गर्नुपर्ने काम, जुन हामी चाँडै घोषणा गर्दैछौँ । दोस्रो चाहिँ वर्षदिन भित्र गर्नुपर्ने काम, जसलाई हामी बिस्तारै कामगर्दै जान्छौँ र यो काम गयौँ भन्ने छौँ । तेस्रो चाहिँ, २ वर्षभित्र गर्नुपर्ने काम । सपथ ग्रहणको बेला नै मैले १३ बुँदाको प्रतिबद्धतासमेत व्यक्त गरेको छु । हाम्रो कार्यसमितिको योजना र कार्यनीतिहरू लगभग यी तीन विषयमा केन्द्रित हुनेछन् ।

दीर्घकालीन योजनाहरू के के छन् ?

माथिका तीनवटै काम हामीले दीर्घकालीन प्रभाव पर्ने आधारमा घोषणा गरेका छौँ । क्षणिक प्रचार वा सम्भावित आलोचना प्रवाह नगरी हामी संस्थाको दीर्घकालीन हितमा काम गर्नेछौँ ।

अनेसाससँग धेरैको अपेक्षा छ । यो स्रष्टाहरूको संस्थाहुननसकेको गुनासापनि छन् । किनयसो भएको होला ?

स्रष्टाहरूले अपेक्षा गर्नुले नै अनेसासप्रतिको आस्था र गरिमा झल्किन्छ । विश्वभरि छरिएर रहेका समस्त स्रष्टाहरूको साहित्यिक मन बिसाउने साझा थलो हो अनेसास । यो आस्थालाई कसैले पनि मेरो प्रतिनिधित्व गर्न सकेन भनेर सोच्नु पर्दैन । बरु यसका सदस्यहरूले आफ्नोतर्फबाट म कसरी योगदान गर्न सक्छु भन्ने सोच्नुुपर्छ जस्तो लाग्छ । तर नेतृत्वले पनि कसरी सबैलाई कर्तव्य गर्नेगरी ठाउँ दिने भनेर सोच्नुपर्छ । यसअघि पनि यो काम भैरहेको छ । कतै कमी–कमजोरी भएको रहेछ भने त्यो कमीलाई मेरो टिमले पूरा गर्नेछ ।

अनेसासको चुनावी र अन्यकतिपयगतिविधिपारदर्शी नभएको भन्ने गुनासो आएको सुनिन्छ । यो विषयमा के भन्नुहुन्छ ?

हरेक पटक नयाँ नेतृत्व चयनका निम्ति चुनावी प्रक्रिया हुनुु स्वाभाविक हो । विधानसम्मतरूपमा निर्वाचन समिति गठन गरेर हुने निर्वाचन प्रक्रियालाई पारदर्शी नभएको भन्न मिल्दैन । संस्थाका सबैजसो गतिविधिमा पनि प्रस्ट दुुरुस्त किसिमले गर्ने प्रयास गरिएको मलाई थाहा छ । तैपनि संस्था ठूलो र धेरै सदस्य भएकाले कहीँकतै कमजोरी भएको हुनसक्छ । यो कुरामा हामी गम्भीर छौँ । त्यस्ता कुरालाई यो कार्य समितिले सुधार गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु।

तपाईं आफै पनि समर्पित र निष्ठावान साहित्यकार हुनुहुन्छ । तपाईंको कार्यकालमा कुनै विधागत पुस्तकको आशा गर्न सकिन्छ ?

संस्थाको काममा लाग्दा सिर्जनाका काममा केही व्यवधान आएको सत्य हो । यति हुँदाहुँदै पनि यस कार्यकालभरिमा मेरो एउटा कथा सङ्ग्रह ल्याउने योजना बनाएको छु । यसका लागि तयारी गरिरहेको छु । त्यसबाहेक एउटा नियात्रा सङ्ग्रहको काम अन्तिम चरणमा पुगेको छ । तर त्यसलाई तत्काल ल्याउने योजना छैन । संस्थागतरूपमा भने अनेसासले  १९९१ देखि नै विभिन्न कृतिहरूप्रकाशन गरिरहेको छ । वि.सं. २०६१ सालको मदन पुरस्कार प्राप्त कृति ‘नयाँ ईश्वरको घोषणा’ पनिअनेसासकै प्रकाशन हो । हामीले दर्जनौँ कृति प्रकाशन गर्ने योजना बनाएका छौँ । विस्तारै प्रकाशन हुनेछन् ।

अहिले तपाईंअध्यक्ष जस्तो गरिमामय पदमाआसिन हुनुहुन्छ !  विगतलाई फर्केर हेर्द कस्तो मान्नु हुन्छ ?

मुख्य कुरा त विगत र वर्तमान तुलना गर्दा संस्थाको आकृति नै बिस्तारित भएको छ । धेरैभन्दा धेरै स्रष्टा आबद्ध हुनुभएको छ। आबद्धतासँगै नेतृत्वको आकाङ्क्षी पनि
बढ्दैछ । यो स्वाभाविकहो । हामी संस्थाले आयतन बढेकोमा मख्ख परेर बसेको छैनौँ । थप व्यवस्थित कसरी गर्न सकिन्छ भनेर निरन्तर लागिरहेका छौँ । अबको अनेसास व्यवस्थित र पूर्ण साहित्यिक हुनेछ ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न अनेसासको लक्ष्य र योजना भएको बुझिन्छ । यसमा कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ?

पक्कै पनि । यसतर्फ धेरै अगाडिबाट नै काम हुनुपर्ने हो । यद्यपि गतसाल केही अनुवादित कथाहरू कृतिको रूपमा प्रकाशनमाआए ।यसमा महेश पौड्यालजीको योगदान अतुलनीय छ । यो पहिलो पाइला थियो । यसलाई निरन्तरता दिने योजना छ । आगामी दिनमा हामीले अन्तर्राष्ट्रिय भाषाहरूमा हाम्रा उत्कृष्ट कृतिहरूअनुवाद गरी प्रकाशन गर्ने कामलाई तिब्रता दिने छौँ । त्यसबाहेक विदेशी साहित्यकारहरूसँग एउटा बृहत् सम्मेलन गर्ने योजना पनि अगाडि सारेका छौँ । यी सामान्य खाका हुन् ।

विश्वका साहित्यिक र सांस्कृतिक संस्थाहरूसँग सहकार्यको कुनै योजना बनाउनुभएको छ कि ?

हामी विश्वभरि छरिएका छौँ । म जापानमा रहेर ‘वर्ल्ड हाइकु एसोसिएसन’सँग आबद्ध छु । अन्य साथीहरू पनि कुनै न कुनै रूपमा त्यहाँ रहेका साहित्य, संस्कृति र कलासँग सम्बन्धित सङ्घ–संस्थासँग सम्पर्कमा हुनुहुन्छ । अहिलेसम्म यो सम्पर्क र सम्बन्ध व्यक्तिगत थियो । अब यसलाई हाम्रो टिमले संस्थागत बनाउने योजनामा अघि बढेको छ ।

तपाइको कार्यकालमा कुन कुराले अन्य नेतृत्व भन्दा फरक अनुभूति देला ?

म सामूहिक सहकार्यमा विश्वास गर्छु । मेरो कार्यकालमा सबैले अनुुभूति गर्ने विषय नै सामूहिकता हो । जसको जे क्षमता छ, उहाँहरूलाई उहाँहरूको क्षमताको थोरै अंश यो संस्थाका लागि दिनुहोस् भनेर अनुरोध गर्नेछु । सबैले थोरै–थोरै गर्दा यो संस्थाले धेरै काम गरेको महसुस हुनेछ । म जापानमा रहेकाले त्यसको प्रभाव ममापनि परेको छ ।जापानीहरू कम बोल्छन्, बढी गर्छन् । संस्थालाई त्यही शैलीमा ढाल्ने योजना पनि बनाएको छु । सबैको सहयोग भयो भने त्यो सम्भव हुनेछ भन्ने विश्वास छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *