‘नेपालमा पढ्ने संस्कृति अझै विकास हुन बाँकी छ’

news-details

प्रकाश पौडेल ‘माइला’ को जन्म २०३९ मङ्सिर १ गते भएको हो । भरतपुर–२०, चितवन निवासी साहित्यकार पौडेका आमा÷बुवाको चूडामणि पौडेल र गोमादेवी पौडेल हुन् । स्नातक गरेका पौडेल हाल योकोहामा, जापानमा बस्छन् । हाइकु र जापानी साहित्यमा निकै ठूलो सिर्जना र योगदान गरेका पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

पौडेलका हालसम्म पर्दाफाश (हाइकुसङ्ग्रह, २०६१), अन्धगल्छी (हाइकुसङ्ग्रह, २०६२), हाइकुमाला (हाइकुसङ्ग्रह, २०६६), देश विदेशबाट (गजलसङ्ग्रह, २०६६), नेपाली हाइकु (प्रवाश अङ्क, २०६७), जापानमा नेपाली कवि र कविता (२०७४), नेपाली डायस्पोरा (२०७४), तातेसिना (हाइकु सङ्कलन, २०७५), हजार हाइकु (हाइकुसङ्ग्रह, २०७५), कोरियामा अनेक डायस्पोरा (२०७६), रातो साकुरा प्रकाशित कृतिहरु रहेका छन् ।

नेपाली भाषा साहित्यमा अनवरत योगदान र कार्य गरेवापत साहित्यकार पौडेलले विभिनन संघ संस्थाबाट विभिन्न समयमा महत्वपूर्ण सम्मान र कदरहरु प्राप्त गरेका छन् त्यसमध्ये केही प्रमुख पुरस्कार÷सम्मानहरुमा अनेसास उत्कृष्ट सम्पादक पुरस्कार (२०१०), भानु द्वि शतवार्षिकी स्वर्णपदक (२०७२), अनेसास रजत जयन्ती सम्मान (२०१७), चिसाप साहित्य सम्मान (२०७५), अनेसास जापान सम्मान (२०७५), नेपाली हाइकु सम्मान (२०७५) रहेका छन ।

साहित्यकार पौडेल नेपाली भाषा, साहित्य र संस्कृतिका विभिन्न संघ, संस्थामा पनि आवद्ध रहिआएका छन् ।

१) साहित्य विभाग सदस्य (वि.सं. २०६१–२०६२), नेपाल निप्प्न रिसर्च सेन्टर, काठमाडौँ
२) उपाध्यक्ष (सन् २००८–२०१०), अनेसास, जापान च्याप्टर
३) अध्यक्ष (सन् २०११–२०१३), अनेसास, जापान च्याप्टर
४) साहित्य विभाग संयोजक (सन् २०११–२०१३), गैरआवासीय नेपाली सङ्घ, जापान
५) कार्य समिति सदस्य (सन् २०११ देखि हालसम्म), अन्तर्राष्ट्रिय पेन (एभ्ल्) नेपाल
६) सदस्य (सन् २०१२–२०१४), अनेसास, केन्द्रीय समिति
७) संस्थापक सचिव (सन् २०१३), नेपाल हाइकु केन्द्र, काठमाडौँ
हाल अन्तर्राष्ट्रिय संयोजकको जिम्मेवारी
८) प्राज्ञ विभाग संयोजक (सन् २०१३–२०१५), गैरआवासीय नेपाली सङ्घ, जापान
९) उपाध्यक्ष (सन् २०१४–२०१६), अनेसास, केन्द्रीय समिति
१०) उपाध्यक्ष (सन् २०१६–२०१८), अनेसास, केन्द्रीय समिति
११) एसिया क्षेत्रीय समिति अध्यक्ष (सन् २०१६–२०१८), अनेसास, केन्द्रीय समिति
१२) सदस्य (सन् २०१७–२०१९), भाषा तथा साहित्य उप–समिति, गैरआवासीय नेपाली सङ्घ,
केन्द्रीय कार्य समिति
१३) सदस्य (सन् २०१८), वल्र्ड हाइकु एसोसिएसन (ध्ज्ब्), टोक्यो, जापान
१४) आजीवन सदस्य, चितवन साहित्य परिषद् (चिसाप)
१५) संयोजक, दोस्रो अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८, टोक्यो, जापान

हाइकु क्षेत्रमा आफ्नो गहकिलो र दर्बिलो परिचय दिइसकेका साहित्यकार पौडेल समकालिन नेपाली डायसपोरिक लेखनमा आफ्नो बलियो उपस्थिति जनाएर स्थापित भइसकेका छन् । आपूmलाई नेपाली साहित्यको आराधना गर्ने र रातोदिन खटिइरहने एक कर्मठ साधकको रुपमा चिनाइसकेका साहित्यकार पौडेलसँगको वार्ताको एक संक्षिप्त रुप यहाँ प्रस्तुत छ ।

तपाईको प्रमुख विधा कुन हो ?
बाल्यकालदेखि नै लेखनमा रुचि राख्दथे । बाहिरी गतिविधिमा पनि उत्तिकै चासो र सहभागिता रहन्थ्यो मेरो । आरम्भ कविताबाट भए पनि मैले कलम चलाउने मूल विधा जापानी साहित्यको हाइकु हो । कम शब्दमा धेरै भाव प्रकट गर्ने सामथ्र्य राख्ने हाइकु वास्तवमै शक्तिशाली र घत लाग्दो हुन्छ ।

लेखक र पाठक बीचको द्वन्द्व कहाँनिर हुँदोरहेछ ?
पाठक सधैँ नयाँनयाँ चिजको भोको हुन्छ । लेखकले आपूmले खोजेको जस्तै सामग्री पस्किदेओस् भन्ने पाठकले चाहेको हुन्छ । त्यस्तै गरी लेखक जहिले पनि पाठक केन्द्रित भएर आफ्ना भावनाहरु प्रकट गर्ने गर्दछ । तर कहिलेकाहीँ लेखकले पस्किएको चित्र र पाठकले खोजेको सामग्रीको तालमेल मिलेको देखिदैन । पाठक र लेखक बीचत ालमेल मिलेको किताब बजारमा राम्रो चलेको हुन्छ ।

जापानी समाजले नेपाली साहित्य रुचाउने आधारहरु छन् ?
जापान र नेपालबीच राजनैतिक, विकास, निर्माण र जनस्तरमा नजिकको सम्बन्ध कायम छ । वि.सं. १९०२ मा पहिलो पटक नेपाली विद्यार्थीको शैली जापान पुगेपछि धेरै सम्बन्धहरु कायम भए । तर साहित्यिक सम्बन्धमा अझै धेरै काम गर्न बाँकी नै देखिन्छ । साहित्यिक क्षेत्रमा जति काम भए ती अपर्याप्त छन् । दुवै देशका भाषामा कृतिहरु अनुवाद, सहकार्य र साहित्यिक हातेमालोलाई अझै घनिभूत रुपमा लैजानु पर्दछ । साहित्य, कला र संस्कृतिलाई जापानीहरु खुब सम्मान गर्छन् । जापानीहरु समक्ष हामीले हाम्रा प्रकाशन र गतिविधिलाई उजागर गर्न सक्यौँ भने भोलिका दिनमा जापानीहरु माझ नेपाली साहित्य थप चर्चित र लोकप्रिय बन्न सक्छ । यसको निम्ति कडा मेहेनतको आवश्यकता पर्दछ ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न सकिने सम्भावना छन् ?
भाषा साहित्यमा हामी निकै धनी छौं । धेरै वर्ष अगाडि नै नेपाली साहित्यले निकै राम्रा राम्रा कृतिहरु पाइसकेको छ र हाल पनि भाषा र साहित्यले रहरलाग्दो उचाइ लिएको छ । तर जबसम्म हाम्रा सिर्जनाहरु विश्व साहित्यमाझ पु¥याउन सकिदैन, तबसम्म हाम्रो ठूलो मेहेनत त्यत्तिकै खेर गइरहेको हुन्छ ।

हिजोआज प्रमुख कृतिहरु विभिन्न देशका भाषामा अनुवाद गरेर प्रकाशन हुन थालेका छन् । यो पक्कै पनि सुखद पक्ष मान्नु पर्छ तर यत्तिमै सन्तुष्ट हुन सक्ने अवस्था छैन । सरकारी तवरबाट पनि यस किसिमको पहल हुन सक्यो भने सुनमा सुगन्ध हुने थियो । यो जरुरी पनि छ । अबको दशकलाई नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा केन्द्रित गराउनु पर्दछ ।

हाम्रा विषयहरु जापानी पाठकहरुसँग पुग्न सकेका छन् त ?
एकदम न्यून छ । नगन्य रुपमा छ । नेपाली स्रष्टाहरुले जापानी साहित्यलाई यति ठूलो महत्व दिएर खोजीनिति र अध्ययन गर्छन् भन्ने कुरा धेरै जापानीलाई थाहा नै छैन । सबैभन्दा पहिला यो कुरो उनीहरुलाई बुझाउनु जरुरी छ । र, त्यसपछि बल्ल हामीले हाम्रो भाषा र साहित्यलाई उनीहरु माझ प्रस्तुत गर्न सहज हुन्छ । जापानको सरकारी स्तरबाट नै हाइकु साहित्यको विकासको लागि विश्वका विभिन्न मुलुकमा बजेट खर्च गरिरहेको हुन्छ । तर नेपालमा हाइकुको विकास हामीले स्वतःस्पूmर्त गरिरहेका छौँ ।

नेपाली र जापानी साहित्यबीच तात्विक भिन्नता के रहेछ ?
साहित्य समाजको दर्पण हो । हरेक देशको सभ्यता विकासमा भाषा साहित्यले अग्रणी भूमिका खेलेको हुन्छ । भाषा साहित्यले नै सामाजिक चेतना भर्ने र रुपान्तरणको काम पनि गरेको हुन्छ । देशअनुसार आफ्नो–आफ्नो साहित्यको बेग्लै गरिमा हुन्छ । जापान अति विकसित राष्ट्र हो । त्यहाँ एउटा मात्र राम्रो कृति लेख्ने हो भने स्रष्टा सेलिब्रेटीको रुपमा स्थापित हुन्छ र सोही किताबकै भरमा जीवन यापन सम्भव हुन्छ । यद्यपि नेपालमा हामीले त्यो किसिमको कल्पना गर्ने बेला भएको छैन । नेपालमा पढ्ने संस्कृति अझै विकास हुन बाँकी छ ।

समाज र साहित्यमा कसको दृष्टिकोण शक्तिशाली रहेछ ?
नेपाल र जापान दुवैतिर साहित्यले समाजको निम्ति अतुलनीय भूमिका खेलेको छ । अझ भनौं हरेक देशमा साहित्य शक्तिशाली हुन्छ । जापानीहरु आफ्नो भाषा र साहित्यप्रति निकै घमण्ड गर्छन् । जस्तोसुकै कठिन मोडमा पनि उनीहरु अंग्रेजी वा अन्य विदेशी भाषा प्रयोग गर्न खोज्दैनन् । आफ्नै भाषालाई बढवा दिइएको हुन्छ । लोकप्रिय विधा हाइकुलाई त जापानीहरु आफ्नो राष्ट्रियतासँग जोडेर हेर्छन् । हामीमा पनि भाषा र साहित्यलाई माया गर्ने मनहरु छन् । यसलाई अझै निखार्दै लैजाँदा सुनमा सुगन्ध हुन्छ ।

लेखकको स्वतन्त्रतामा को बढी जिम्मेवार ?
लेखक स्वतन्त्र भएर लेख्न खोजेको हुन्छ । तर पाठकको रुचि र मागलाई पनि सन्तुलनमा राख्नु पर्ने दबाव उसमा हुन्छ । सतत् बगाइको हिसाबले हेर्ने हो भने निस्फिक्री र स्वतन्त्र लेखनमा वास्तविक गहिराइ भेटिन्छ ।

कल्पना र यथार्थमा कसको बढी विषय हुँदोरहेछ साहित्यमा ?
कल्पना क्षणिक हुन सक्छ । तर यथार्थ चाहिँ जीवन्त हुन्छ । यथार्थपरक लेखाइ कहिल्यै पुराना हुँदैनन् । यद्यपि काल्पनिक लेखनहरु समयसँगै पुरानिदै जान्छन् र छायाँमा पर्दै जान्छन् ।

स्वतन्त्र सर्जक र प्राज्ञिक चिन्तकमा तपाईको अभिरुचि कहाँनिर छ ?
दुवैको गरिमा, महत्व र आवश्यकता आ–आफ्नो ठाउँमा उत्तिकै हुन्छ । तर पनि व्यक्तिगत रुपमा भन्नुपर्दा स्वतन्त्र सर्जक नै मेरो पहिलो रोजाइमा पर्दछ । खुल्ला आकासमा आफैँ गोरेटो बनाएर उड्नुको मज्जा बेग्लै हुन्छ ।

तपाई अनेसासमा पनि हुनुहुन्छ ? कस्तो छ अहिले अनेसासको अवस्था ?
हजुर ! म बिगत १२ वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मा आबद्ध छु । पदीय जिम्मेवारीका हिसाबले अनेसास जापान च्याप्टर, अन्तर्दृष्टिको प्रधान सम्पादक हुँदै हाल केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष रहेको छु ।

अनेसास भनेको विश्वभरि छरिएर रहेका स्रष्टाहरुलाई एकताबद्ध गर्ने साहित्यिक सञ्जाल हो । हामीसँग कुनाकुनामा अनेसासका च्याप्टरहरु छन् भने आजीवन र साधारण सदस्य एवं शुभचिन्तकहरु पनि उत्तिकै हुनुहुन्छ । २९ वर्षे लक्का जवानभइसक्दा अनेसासले स्पष्ट गति लिइसकेको छ र अझै यसलाई सशक्त बनाएर लैजानुपर्ने आवश्यकता छ ।

व्यवसाय, लेखन र सांगठनिक संलग्नतामा तपाई सकृय हुनुहुन्छ । कसरी लेख्न भ्याउनु हुन्छ ?
सबैभन्दा ठूलो कुरा इच्छाशक्ति नै रहेछ । साथै समयको व्यवस्थापन अर्को महत्वपूर्ण पाटो हो । १४ वर्षअघि विद्यार्थीको रुपमा म जापान प्रवेश गरेको हुँ । विद्यार्थी जीवनपछि व्यवसायिक जीवन पनि सुरु गरेँ । तर साहित्यप्रतिको रुचिलाई कुनै पनि कुराले अवरोध पु¥याउन सकेनन् ।

अनेसास जापान च्याप्टरमा आबद्धता भएपछि त झन् बेग्लै ऊर्जा प्राप्त भयो । स्रष्टाहरुको विश्वव्यापी सञ्जाल र एकताबद्ध अभियानले गर्दा झन्–झन् संस्थागत गहिराइमा डुब्दै गएँ र आज यो अवस्थामा छु । व्यवसाय, लेखक र संगठनात्मक सकृयतालाई एकसाथ अगाडि बढाउन समयको कुशल व्यवस्थापन नै महत्वपूर्ण पक्ष हो ।

हाइकुलाई नेपाली समाजमा लोकप्रिय र उचाइ दिनमा तपाईंको उल्लेख्य योगदान छ । यसको बढी सहभागिताका निम्ति अरु के–के योजना छन् ?
मेरो लेखनको मूल विधा नै हाइकु हो र यसैको अनुसन्धानमा बढी समय खर्चिएको छु । गत सालबाट वल्र्ड हाइकु एशोसियसनमा कार्यकारी सदस्यको रुपमा प्रवेश गरेपछि जापानी कविहरुसँग अझै निकट हुने अवसर मिल्यो । वल्र्ड हाइकुकै आयोजनामा आगामी सेप्टेम्बर महिनामा टोक्योमा विश्व सम्मेलन गर्दैछौँ । गत साल टोक्योमै नेपाली हाइकु महोत्सव २०१८ को आयोजनाले त बेग्लै तरंग ल्याएको थियो ।

हाइकुको माध्यमबाट पनि जापानी पर्यटक भित्र्याउन सकिने कुरा मैले पटक–पटक उठाउँदै आइरहेको छु । र नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर एक दर्जन जापानी कविहरुलाई नेपाल लिएर जाने योजना गरेको छु । यसबाट दुई देश बीचमा थप साहित्यिक र सांस्कृतिक घनिष्टता विकास हुने अपेक्षा राखेको छु । साथमा प्रकाशनका कामहरु त निरन्तर हुने नै छन् ।

जापानमा नेपाली लेखकहरुले के कस्तो साहित्य लेखिरहेका छन् ?
पछिल्ला केही वर्ष जापानमा राम्रो लेख्ने स्रष्टाहरुको उपस्थिति निकै बाक्लो भएको छ । कृति प्रकाशन र नियमित जस्तै गरी ठूला–ठूला साहित्यक कार्यक्रमको आयोजनातर्फ महत्वपूर्ण छलाङ भरेको छ । यहाँका स्रष्टा साँँच्चै नै स्तरीय लेख्छन् । नेपालका राम्रा कविहरुकै हाराहारीमा आउने खालका स्रष्टा थुप्रै छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *