हामीले उद्देश्य अनुरुप गर्नुपर्ने कामहरु अझ धेरै छन : गोवा कटुवाल
- अशोज २७, २०७५
- 0

झण्डै २ दशकदेखि अष्ट्रेलियामा रहदै आउनुभएका गोवा कटुवाल एनआरएनए एनसीसी अष्ट्रेलियाको संस्थापक को–अर्डिनेटर पनि हुनुहुन्छ । नेपालमा लेखा अधिकृतको सरकारी जागिर छाडेर अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुग्नुभएका उहाँ अहिले अष्ट्रेलियामा रजिष्टर्ड सिएकारुपमा पनि कार्यरत हुनुहुन्छ । सानै उमेर देखि सिए बन्ने रहर पाल्नुभएका उहाँ यही इच्छा पुरा गर्न नै अष्ट्रेलिया गएको र धेरै मेहनत, लगन र संघर्षको बाबजुद आफ्नै स्वामित्वमा फर्म संचालन गरिरहेको बताउनुहुन्छ । एनआरएनए छैटौ मध्यपूर्व भेला यूएईमा सहभागी हुन आउनुभएका बेला एनआरएनए अभियानका विषयमा हाम्रा सहकर्मी फणिन्द्र दाहालले उहाँसँग गर्नुभएको कुराकानीको सारसंक्षेप :
यहाँ शुरुदेखी अहिलेसम्म एनआरएन अभियानमा लाग्नुभएको भएको छ, तपाईले एनआरएन अभियानमा लाग्दा के पाउनुभयो र के गुमाउनुभयो ?
के पाए र के गुमाए भन्दा पनि बाहिर रहदा बचेको थोरै समयलाई कसरी नेपालको विकासको उत्थानमा सहयोग गर्न सकिन्छ र आफु जन्मेको देशप्रति के दिन सकिन्छ भनेर यस अभियानमा लागियो । अष्टे«ेलियामा सन् २००५मा एनआरएनएको स्थापना गर्ने सत्रजना व्यक्ति मध्ये म पनि एउटा हुँ । त्यस क्रममा म एनआरएनएको एघारौं एनसीसीको पहिलो नेशनल को–अर्डिनेटर भए । यो संस्थाले एकातिर विश्वभरी छरिएर रहेका नेपालीहरुकाबीचमा चिनजानको बाटो बनायो । अर्कोतिर सङगठितरुपमा आफ्नो देशलाई लगानीको हिसावले होस वा आपत–विपतको बेलामा के–कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा नै किन नहोस, चाहे खाडीमा रहेका नेपाली हुन वा अमेरिकामा या त विश्वका जुनसुकै कुनामा रहेका नेपालीको भावना जोडिने संगमस्थल बनेको कुरा राम्रो लाग्यो । एनआरएनएको मुल उद्देश्य नै राम्रो लागेको हुनाले म यस अभियानमा लागे । यसो हुदा पनि के गुमाइयो भन्नु भन्दा पनि हामीले के दिन सक्यौ भन्ने लाग्छ । हामीले जुन उद्देश्यले यो संस्था जन्माएका हौ यसको उद्देश्य पूर्तिका लागि हामीले अझ धेरै मेहनत गर्न भने बाकि नै छ ।
भनेपछि यहाँ एनआरएन अभियानबाट खुशी र सन्तुष्ट हुनुहुन्छ ?
सबभन्दा ठुलो कुरा कुनै संस्थामा लाग्नु भनेको आफुले भोलेन्टर गर्ने हो र आफुले दिने समय तथा आर्थिक कुरा पनि ठुलो हुन्छ । हामीजस्तो व्यापार व्यवसाय गर्ने व्यक्तिहरुलाई समयको निकै महत्व हुन्छ । हाम्रो त्यो समयलाई छोडेर भएपनि समूदायको हितको लागी र आफु जन्मेको मातृभूमीको हितको लागी केही गर्न सकिन्छ भनेर यसमा हामी लागेका हौं । जस्तै, गएको भुकम्पमा पनि बाहिर बस्ने नेपालीहरुले राम्रो उदाहरण दिए । बाढिपहिरो लगायतका प्राकृतिक विपत्तीको बेला एनआरएनहरुले धेरै सहयोग गरेका छन । एनआरएनहरुले कुनै पनि समस्या परेका बेला सानो रुपमा वा ठुलो रुपमा सहयोग गरिरहेकै छन । यो नै एउटा एनआरएनएको महत्वपुर्ण उद्देश्य हो ।
तपाई अहिले मध्यपूर्व क्षेत्रीय सम्मेलनमा भाग लिन युएई आउनुभएको छ यहाँ रहेका नेपालीहरुको अवस्था कस्तो पाउनु भयो त ?
रोजगारीको लागि विदेशिने क्रम अहिले बढदो छ । त्यसमा पनि विशेषगरी खाडि मुलुकमा अधिकांश नेपालीहरु जाने गरेका छन् । स्किल मेनपावर नभएका कारण पनि यस क्षेत्रमा आएका धेरै नेपालीहरुले समस्या भोगिरहनुपरेको पाए । यी समस्याहरु समाधानका लागि गैरआवासीय नेपाली संघले सरकार, सरोकारित निकाय तथा स्टेकहोल्डरहरुसँग समन्वय गरेर कसरी समाधान गर्ने भन्ने कुरामा जोड दिन आवश्यक छ र मध्यपूर्व क्षेत्रीय भेलाले पनि यहि कुरालाई प्राथमिकताकासाथ उठायो र भेलामा सबै पक्षबीच छलफल भएर निश्कर्ष पनि निकालिएको छ । ती निर्णयहरु कार्यान्वय हुन्छन् भन्ने कुरामा म निकै आशावादी छु ।
एनआरएनएले आफूले निभाउनुपर्ने भूमिका निभाइरहे जस्तो लाग्छ त तपाईलाई ?
यो आफुनो उद्देश्य अनुसार नै अघि बढिरहेको छ भन्ने नै लाग्छ । विदेशमा रहेका नेपालीहरुको अविभावकत्वको भूमिका निर्वाह गर्नु त छदैछ, अर्कोतिर हामीले स्वदेशका लागि गर्नुपर्ने कामहरु पनि प्रशस्त रहेका छन । एनआरएनप्रति आम नेपालीको जुन किसिमको एक्सपेटेशन छ त्यसलाई कायमै राख्न पनि हामीले अझ धेरै गर्नु पर्छ । मुख्यरुपमा हामीले सिकेका सीप र आर्जन गरेका साना–साना पूँजीलाई संकलन गरेर सामूहिक रुपमा उत्पादनशिल क्षेत्रमा कसरी लान सकिन्छ भन्ने कुरामा हामी केन्द्रित हुन जरुरी छ । समृद्ध मुलुक बनाउने नेपाल सरकारको चाहनामा गैरआवासीय नेपालीहरु पार्टनरकारुपमा कसरी जाने भन्ने हाम्रो मुख्य उद्देश्य भएको हुदा हामी यसमा प्रतिवद्ध छौ ।
यहाँ एनआरएन अष्टे«ेलियाको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, यो मध्यपूर्व सम्मेलनमा तपाई सहभागी भैरहदा यहाँबाट जारी घोषणापत्रका बुदा पुरा होलान जस्तो लाग्छ ? अष्टे«लियामा रहेका नेपाली र खाडीमा रहेका नेपालीमा के अन्तर पाउनुभयो ?
तपाईको कुरामा म एकदम सहमत छु । धेरै एनआरएन भेलाहरुमा घोषणापत्रहरु जारी हुन्छन् तर कार्यान्वयन के–कति भए या भएनन समिक्षा गर्नु जरुरी छ । म रिजनल को–ओर्डिनेटर हुँदा यो कुरा तत्कालिन महासचिव मार्फत हामीले गरेका प्रतिवद्धता र जारी गरेका घोषणापत्रका के–के विषय कार्यान्वयन भए या भएनन् र किन भएनन् भन्ने कुरा आईसीसी, एनसीसी र रिजनल कोओर्डीनेटले बसेर हेर्नुपर्नेमा जोड दिएको थिए । हामीले गरेका घोषणाहरु कागजमा मात्र सीमित भए भने भोलीका दिनमा विदेशमा रहेका लाखौ नेपाली मात्र होइनन स्वदेशमा रहेका नेपालीमाझ पनि हाम्रो विश्वास गुम्छ । त्यसकारणले आगामी दिनमा यसमा भएका कमी कमजोरीहरुलाई पुनरावलोकन गरेर हामीले गरेका प्रतिवद्धताहरु यी–यी पुरा भए र यी चाहि यो कारण यो अवस्थामा छ भन्ने कुरा यस्ता सम्मेलन वा भेलाहरुमा प्रस्ट रुपमा भन्नुपर्ने छ । ति कुराहरुमा अहिलेको नेतृत्वहरुले सुधार ल्याउँछन् भन्ने मलाई विश्वास छ ।
अर्को कुरा अष्टे«लियामा भएका प्रवासी नेपाली र खाडी मुलुकमा भएका नेपालीहरुमा निश्चय नै धेरै फरक छ । अष्टे«लियामा पिआर होल्डर र विद्यार्थीहरु छन् । त्यस्ता पिआर होल्डरहरुलाई त खासै समस्या हुँदैन किनभने त्यहाको स्थानीय सरकारले उनीहरुलाई हेर्छन । विद्यार्थीहरुलाई चाँही अलिकति समस्या छ तर त्यो खाडी मुलुकको जस्तो समस्या होइन । किनभने खाडी मुलुकमा जाने अधिकांश मानिसहरु स्कील नभएका हुन्छन् तर अष्टे«लियामा चैं सेफ्टी, वर्कप्लेस, अकुपेशनल, हेल्थ आदि कुराहरु नसिकिकन् त्यो ठाउँमा काम गर्न दिदैन् ।
यहाँ अष्टे«लिया जस्तो देशमा एउटा प्रोफेसनल अडिटर पनि हुनुहुन्छ, त्यो प्रतिष्ठा कसरी पाउनुभयो र त्यो सम्भव कसरी भयो ?
मुख्य कुरा भनेको मेरो उद्देश्य के हो र यसलाई कसरी पुरा गर्न सकिन्छ भन्ने कुरा सोचेर नै म अष्टे«लिया आए । मेरो सानै उमेर देखी सिए बन्ने सपना थियो । नेपालमा उपसचिव सरहको जागीर छोडेर यता आएँ । एमबिए गरेपछि अष्ट्रेलिया आएर होटेल म्यानेजमेन्ट गरे त्यसपछि अष्टे«लियाको वातावरण हेरेर म आफ्नै सेक्टरमा किन नजाने भनेर मैले सिएको कोर्षहरु गरे । अष्टे«लियामा प्रोफेस्नल जबको लागी धेरै ठुलो प्रतिस्पर्धा हुन्छ र त्यहाँको समाजले यस्तो पदको उच्च मुल्याङ्कन पनि गर्छ । मैले आफुलाई त्यहाँ कसरी पु¥याउन सकिन्छ भनेर ६ महिना निःशुल्क रुपमा काम गरे । म नेपालमै लेखा अधिकृत भैसकेको हुनाले लेखाको धेरै कुराहरु थाहा थियो । तर अष्टे«लियामा सबभन्दा ठुलो समस्या भनेको कम्युनिकेशनको हुन्थ्यो किनभने धेरै कुराहरु त्यहाँको एक्सनमा जानुपर्ने हुन्छ । धेरै दुःख गर्दै जाँदा म त्यहाँको लोकल फर्ममा सात वर्ष काम गरेपछि म सिनियर एकाउन्टेन्ट सम्म पुगे । त्यसपछि मैले आफ्नै लाइसेन्स लिएर सन २००४ देखी फुल टाइम काम र फर्मलाई साधारण रुपमा लगेर सन् २००९ देखी आफ्नै स्वामित्वमा फर्महरु एकाउन्टिङ बनाए । त्यसमा हामीले दैनिक रुपमा उच्च कोटीका टे«निङहरु लिनुपर्ने हुन्छ । हामीले दैनिक रुपमा टेक्नोलोजी सँग सँगै अपडेट भइराख्नुपर्ने हुन्छ त्यो भयो भने हामी विश्वको जुनसुकै ठाउँमा उच्च पदहरुमा पुग्न सकिन्छ भन्ने मेरो आफ्नै उदाहरणबाट पनि मलाई विश्वास छ ।