प्रगतिशिल मञ्चले भेट्यो विभागका नवनियुक्त महानिर्देशक भट्टराई
- रोजगारमञ्च
- बैशाख २४, २०८२
- 0

वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईलाई प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च,नेपालले भेटवार्ता गरेर सफल कार्यकालको शुभकामना दिएको छ ।
मञ्चका अध्यक्ष जनक रावलको नेतृत्वमा बुधबार गएका व्यवसायीले महानिर्देशक भट्टराईलाई विभागको कामकारवाही सहज र सवल बनाउन आग्रह गरेका छन् । पछिल्लो समयमा विभागको फेमिस प्रणाली अवरुद्ध हुँदा व्यवसायी र कामदारको समय तथा आर्थिक क्षति व्यहोर्नु परेको जानकारी गराउँदै विभागका नवनियुक्त महानिर्देशकलाई त्यसतर्फ ध्यान दिनका लागि सुझाव दिएको मञ्चका अध्यक्ष जनक रावलले रोजगार मञ्चलाई बताए ।
मञ्चले वैदेशिक रोजगारका नाममा हुने ठगी र नीतिगत सुधारका लागि विभागले चनाखो भएर काम गर्न आग्रह समेत गरेको छ ।
विभागका नवनियुक्त महानिर्देशक भट्टराईले गत सोमबार पदबहाली गरेका हुन् ।
भट्टराई यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक थिए । भट्टराईले पदबहाली गरेसँगै करिब १ महिनादेखि रोकिएका प्रशासनिक कामले गति लिने वैदेशिक रोजगार व्यवसायीहरूको अपेक्षा छ ।