वैदेशिक रोजगार व्यवसायीले वार्षिक सय जना कामदार पठाउनै पर्ने व्यवस्था हट्यो
- बैशाख १६, २०८२
- 0

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।
करिब ७९ वटा कानुनका विभिन्न दफाहरू संशोधन गरेको यस विधेयकमा वैदेशिक रोजगार व्यवसायीको इजाजत नवीकरणका लागि अनिवार्य रूपमा वार्षिक सय जना कामदारको श्रम स्वीकृति लिनुपर्ने प्रावधान खारेज गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल सरकारले पेश गरेको विधेयक मन्त्रालयले ड्राफ्ट गरेअनुसार नै पारित भएको बताए ।
मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
0 प्रतिक्रिया
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा आन्दोलनमा सहभागी […]
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

कमल प्रभात विक/ गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् । […]
राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका […]
आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

आज काठमाडौं उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ […]
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ । बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो आइतबार बस्ने बैठकमा समितिको […]