वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ, प्रथम उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा बस्नेत विजयी
- चैत्र ३०, २०८१
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका भुवनसिंह गुरुङ विजयी भएका छन ।
अध्यक्ष गुरूङले ४२८ मत पाउँदा उनका प्रतिश्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन बीच तालमेलमा बनेको संयुक्त व्यवसायी समूहका उम्मेदवार नरेश गेलालले ३६७ मत प्राप्त गरेका छन ।
गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष भएर संघको अनुभव सङ्गालेका व्यवसायी हुन । अध्यक्षमा विजयी भएसङ्गै गुरूङले संघलाई निश्चित समूहको स्वार्थ पूर्तिको माध्यम बन्नबाट रोकि सबै व्यवसायीको हकहितमा काम गर्ने बताए ।
लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसंगको तालमेलमा बनेको यो प्यानलले अध्यक्ष, महासचिवसहित १३ पदमा बिजयी भएको छ भने गेलाल समुहका ४ बिजयी भएका छन ।
प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ बिजयी भएका चान । संघका पूर्व महासचिव श्रेष्ठ ब्याबसायिबीच लोकप्रीय ब्यक्ति मानिन्छन । विजयी श्रेष्ठले ३७५ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नरेन्द्रप्रसाद ढकालले ३०२ मत प्राप्त गरेका छन यसैगरी सो पदमा प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले १०१ मत प्राप्त गरेका छन ।
द्वितीय उपाध्यक्षमा देवकुमार खोखालीले ४०२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले २४ मत कम ३७८ मत प्राप्त गरे । यस्तै तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभवले ४३५ मत ल्याई विजयी हुदा उनका प्रतिष्पर्धी हर्कबहादुर लिम्बूले ३५० मत प्राप्त गरे ।
यसैगरी महासचिवमा महेशकुमार बस्नेतले ४२३ मत ल्याई विजयी हुदा प्रतिद्वन्दी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरेका छन । सचिवमा कुन्छा दोर्जे डिङ्दोङले ३७४ मत ल्याई बिजयी हुदा अनिल बोगटीले ३११ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत प्राप्त गरेका छन । कोषाध्यक्षमा धनु सिंजालीले ४२८ प्राप्त गर्दा पराजित गुरूङ समूहका उम्मेदवार बिक्रम श्रेष्ठले ३५७ मत प्राप्त गरेका थिए ।
यस्तै कार्यसमिति सदस्यहरुमा रेखा शर्माले ४४७, कृष्ण ढकालले ४४२, भरत सापकोटाले ४३५, राज लामा तामाङले ४२७, सुवर्ण लामाले ४०९, हिमा गुरूङले ३४९, रमा खड्काले ३८८, देवीप्रसाद गिरीले ३७७, विद्यालक्ष्मी बज्राचार्य ३५३ रसुमनराज पाण्डेले ३४३ मत प्राप्त गरि बिजयी भएका छन ।
बिजयीहरुलाई शनिबार बिहान निर्वाचन समिती समक्ष पद तथा गोपनियताको सपथ खादै मेनपावर ब्याबसायीहरुको हकहितमा डटेर काम गर्ने बताए ।