लोकतान्त्रिक एसोसिएसनले अर्को समूहबाट उम्मेदवार बनेका ५ जनालाई गर्‍यो निलम्बन

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा संस्थाको निर्णय बाहिर गएर उम्मेदवारी दिएको भन्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले ५ जनालाई निलम्बन गरेको छ ।

एशोसिएसनको मंगलबार बसेको कार्यसमिति बैठकले आफ्ना उम्मेदवार विरुद्ध अर्को समूहबाट उम्मेदवारी दिएको र स्पष्टिकरणका लागि पत्र पठाउदा कुनै जवाफ नदिएकोले ५ जनालाई निलम्बन गर्ने निर्णय गरिएको एशोसिएसनका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन ।

निलम्बनमा पर्नेहरूमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका कोषाअध्यक्ष हिमा गुरूङ, पूर्वकार्यवाहक अध्यक्ष सुजित कुमार श्रेष्ठ, पूर्वकार्यसमिति सदस्य ईश्वर सापकोटा, चन्द्र बहादुर लिम्बू, र कर्णराज कटुवाल परेका छन् ।

एसोसिएसनले संघको चैत्र २९ गते हुने निर्वाचनका लागि भुवन सिंह गुरुङ्गको नेतृत्वमा उम्मेदवार घोषणा गरेको थियो । त्यसमा असन्तुष्टि जनाउदै ५ जनाले प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चसँग सहकार्य गर्दै नरेश गेलालको समूहबाट उम्मेदवारी दिएका थिए ।

गेलाल समूहबाट प्रथम उपाध्यक्ष पदमा सुजित कुमार श्रेष्ठ, महासचिवमा कर्णराज कटुवाल तथा सदस्यमा हिमा गुरुङ र चन्द्र बहादुर लिम्बुले उम्मेदवारी दिएका छन । साथै इश्वर सापकोटाले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन ।

अर्को समूहबाट उम्मेदवारी दिई एशोसिएसनद्धारा घोषणा गरिएका उम्मेदवारलाई हराउने गरी लागेकोले ५ जनालाई निलम्बन गरिएको तथा उक्त समूहलाई सहयोग गर्दे आएका एशोसिएसनका पूर्वअध्यक्षहरु विमल ढकाल, प्रज्ञान न्यौपाने र कुमुद खनाल तथा व्यवसायी सिता देवकोटालाई पनि स्पष्टिकरणका लागि पत्र पठाइएकोमा जवाफ नआएमा उनीहरुलाई पनि कारवाही गरिने एशोसिएसनले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *