संघ निर्वाचन : प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठ र नरेन्द्र ढकालबीच रोचक प्रतिष्पर्धा

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि प्रथम उपाध्यक्ष पदका लागि सुजित कुमार श्रेष्ठ र नरेन्द्र प्रसाद ढकाल चुनावी मैदानमा छन । प्रथम उपाध्यक्ष पदमा पुराना व्यवसायी अख्तर हुसेनले पनि स्वतन्त्र उम्मेद्धारी दिएका छन् ।

तथापी संघको पूर्वमहासचिव तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको कार्यवाहक अध्यक्षको जिम्मेवारी निभाईसकेका श्रेष्ठ र एसोसिएसनका पूर्वअध्यक्ष ढकालबीचको भिडन्त सबैभन्दा बढी प्रतिष्पर्धात्मक र रोचक हुने आकलन गरिएको छ ।

श्रेष्ठ र ढकाल दुवै लोकतान्त्रिक एसोसिएसन पृष्ठभूमिका उम्मेदवार भएका कारण पनि कस्ले जित निकाल्न सक्छ भन्नेमा सोही समूहको मत नै निर्णायक हुने देखिन्छ । दुवै उम्मेदवार व्यवसायीहरु माझ परिचित तथा व्यवसायीका समस्या समाधानमा अग्रपंक्तिमा रहदै आएका कारण पनि प्रतिष्पर्धा कडा हुने देखिएको हो ।

श्रेष्ठ लोकतान्त्रिक एसोसिएसनको असन्तुष्ट समूहको नेतृत्व गर्दै नरेश गेलाल समूहबाट प्रथम उपाध्यक्षको उम्मेदवार हुन । यो समूहलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, तराई वैदेशिक रोजगार संघ र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको साथ रहेको छ ।

यता नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चको तालमेलमा बनेको भुवनसिंह गुरुङको समूहबाट ढकाल प्रथम उपाध्यक्षको उम्मेदवार बनेका छन ।

स्पष्टवक्ता, निडर तथा व्यवसायिको हकहितमा सधै अग्रपंक्तिमा देखिने श्रेष्ठ र शालिन तथा जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता भएका ढकालमा कस्ले बाजी मार्ला सहजै अनुमान गर्न कठिन छ ।

युरोप रोजगारीमा व्यवसायीहरुको पहुँच पु¥याउन अहंम भूमिका खेलेका श्रेष्ठले आफु निर्वाचित भएमा अहिले मागपत्र प्रमाणिकरणमा देखिएको समस्या दिर्घकालिनरुपमा समाधान गरेर युरोप रोजगारीमा व्यवसायीहरुको पहुँच थप विस्तार गर्ने प्रतिवद्धता जनाएका छन ।

साथै श्रेष्ठले संख्या सयको प्रावधानलाई ऐनबाटै खारेज गर्न पहल जारी राख्ने, सेवाशुल्क निर्धारण, आर्कषक गन्तव्यको खोजी लगायतका एजेण्डासँगै नितीगत सुधारका लागि पहल गर्ने, ढुक्कसँग व्यवसाय गर्न पाउने अवस्था निर्माण गर्ने तथा सिण्डिकेटको त्रासबाट आम व्यवसायीलाई सधैका लागि टाढा राख्ने प्रतिवद्धता जनाएका छन ।

यस्तै प्रथम उपाध्यक्षका अर्का उम्मेदवार ढकालले व्यवसाय विरोधी विद्यमान व्यवस्था हटाउन पहल गर्दै यस क्षेत्रलाई नीतिगत र व्यवहारिकरुपमा सहजता कायम गर्न काम गर्ने प्रतिवद्धता जनाएका छन । उनले सेवा शुल्क निर्धारण, मागपत्र प्रमाणिकरणमा सहजता ल्याउने, संख्या सयको प्रावधान ऐनबाटै हटाउन पहल गर्ने लगायतका प्रतिवद्धता जनाएका छन ।

ढकालले यस व्यवसाय माथि अनावश्यक धरौटी र बैंक ग्यारेण्टिको भारी बोकाइएको भन्दै त्यस विषयमा पनि आफुले आवाज उठाउने बताए । साथै उनले वैदेशिक रोजगार व्यवसायीले यस क्षेत्र सम्वद्ध अन्य व्यवसाय गर्न नपाउने नियन्त्रणमूखी प्रावधान हटाउन पनि पहल गर्ने बताए ।

समग्रमा श्रेष्ठ र ढकालका प्रतिवद्धता वैदेशिक रोजगार व्यवसाय तथा आम व्यवसायीहरुको हकहित र संरक्षणमा नै केन्द्रित छ । स्पष्टवक्ता, निडर तथा व्यवसायिको हकहितमा सधै अग्रपंक्तिमा देखिने श्रेष्ठ र शालिन तथा जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता भएका ढकालमा कस्ले बाजी मार्ला सहजै अनुमान गर्न कठिन छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *