वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गेलाल र गुरुङको भिडन्त, कस्ले मार्ला बाजी ?

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने ३० औ साधारणसभा तथा निर्वाचनमा आगामी कार्यकालका लागि अध्यक्ष पदमा नरेश गेलाल र भुवनसिंह गुरुङबीच प्रतिष्पर्धा हुने भएको छ ।

संघका पूर्वमहासचिवको जिम्मेवारी निभाईसकेका गेलाल र द्धितिय उपाध्यक्षको जिम्मेवारी निभाई सकेका गुरुङ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन । कडा प्रतिष्पर्धा हुने देखिएको निर्वाचनका लागि दुवै समूहले आज अन्तिम चुनावीसभा तथा शक्ति प्रर्दशन गरिरहदा कस्ले बाजी मार्ला ? अनुमान गर्न कठिन छ ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका गेलाललाई नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट पक्ष, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको साथ रहेको छ ।

यता नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनकोतर्फ बाट अध्यक्षको उम्मेदवार बनेका गुरुङलाई गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले साथ दिएको छ । गुरुङ अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्याशी रहेका थिए ।

व्यवसायी माझ गेलाल र गुरुङ दुवै उम्मेदवार लोकप्रिय र व्यवसायिक हकहितका लागि प्रतिवद्ध भएर काम गर्ने व्यक्तित्वकारुपमा परिचित छन । जसका कारण पनि अध्यक्ष पदमा कस्ले बाजी मार्ला भनेर अनुमान गर्न कठिन छ ।

महासचिव हुदा व्यवसायीहरुलाई युरोप भ्रमण गराएर युरोप रोजगारी खुलाउन भूमिका खेलेका गेलालले आफु अध्यक्षमा निर्वाचित भएमा यस क्षेत्रमा कुनैपनि किसिमको सिण्डिकेट भित्रन नदिने बताएका छन । सय संख्याको बाध्यात्मक अवस्थाको अन्त्य गर्ने, मागपत्र प्रमाणिकरणको समस्या स्थायीरुपमा समाधान गर्ने, नयाँ र आकर्षक गन्तव्यको खोजी गर्ने, सेवा शुल्क निर्धारणको पहल गर्ने, व्यवसायीक कानुनी झण्झटको अन्त्य गर्न पहल गर्ने लगायतका प्रतिवद्धता उनले जनाएका छन ।

यस्तै संघको द्धितिय उपाध्यक्ष हुदा गुरुङले वैदेशिक रोजगार विभागमा व्यवसायीहरुका समस्या समाधानमा ठुलो भूमिका खेलेका थिए । आफु अध्यक्षमा निर्वाचित भएमा नेता बन्ने भन्दा पनि व्यवसायीका लागि काम गर्ने गुरुङ बताउछन । उनले सय संख्याको प्रावधान ऐनबाटै हटाउन पहल गर्ने र आवश्यक नीतिगत सुधारका लागि लागिपर्ने बताए । यस्तै अन्तर्राष्ट्रिय नजिर अनुसार सेवा शुल्क तोक्न पहल गर्ने, मागपत्र प्रमाणिकरण सहज बनाउने तथा व्यवसायीले धरौटीवापत राखेको रकमको व्याज पाउने व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *