वैदेशिक रोजगार व्यवसायी संघमा चुनावी माहोल बढयो, बुधबार दुवै समूहको अन्तिम शक्ति प्रर्दशन

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० औ साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल हवात्तै बढेको छ । चैत्र २९ गते हुने निर्वाचनका लागि प्यानलसहित होमिएका नरेश गेलाल र भुवनसिंह गुरुङ समूहले बुधबार आफ्नो अन्तिम चुनावी सभा तथा शक्ति प्रर्दशन गर्दैछन ।

आइतबार मनोनयन दर्तापछि दुवै समूहले चुनावी अभियानलाई तिब्रता दिएका थिए । जस अनुसार दिनहु क्षेत्रीय भेला आयोजना गरिरहेका दुवै समूहले बुधबार आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेका हुन । बुधबार गेलाल समूहले बसुन्धरा व्याङक्वेटमा र गुरुङ समूहले यति व्याङक्वेट बसुन्धरामा अन्तिम चुनावीसभा आयोजना गरेका छन ।

२१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ । जसमा अध्यक्ष पदका लागि नरेश गेलाल र भुवनसिंह गुरुङको उम्मेदवारी परेको छ । गेलाल र गुरुङ प्यानलसहित मैदानमा उत्रिएका हुन । यसैगरी अख्तर हुसेनले प्रथम उपाध्यक्षमा र ईश्वर सापकोटाले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट पक्ष, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको तालमेलमा नरेश गेलाल अध्यक्ष रहेको प्यानल खडा भएको हो । गेलालको प्यानललाई राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले पनि सघाउने घोषणा गरेको छ । यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँग तालमेल गरेर भुवनसिंह गुरुङको अध्यक्षतामा प्यानल खडा गरेको हो ।

गेलाल समूहबाट प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मधुकर रिजाल, तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभव, महासचिवमा कर्णराज कटुवाल, सचिवमा अनिल बोगटी र कोषाध्यक्षमा धनु सिजालीको उम्मेदवारी रहेको छ भने सदस्यहरुमा देउमान नेम्वाङ, राजेन्द्र बस्नेत, चन्द्र लिम्बू, हिमा गुरुङ, रमा खड्का, दिनेश बस्नेत, कामेश्वर साह राहुल, छत्र बस्नेत, युवराज देवकोटा र राजेश यादवको उम्मेदवारी रहेको छ ।

गुरुङको प्यानलबाट प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, महासचिवमा महेशकुमार बस्नेत, सचिवमा कुन्छा दोर्जे दिमदोङ र कोषाध्यक्षमा विक्रम श्रेष्ठको उम्मेदवारी छ भने सदस्यहरुमा राज लामा तामाङ, विद्यालक्ष्मी बज्राचार्य, देवीप्रसाद गिरी, दीपककुमार राय, सुवर्ण लामा, सुमनराज पाण्डे, कैलाश पाठक, गीता राउत, भरत सापकोटा, रेखा शर्मा र कृष्ण ढकालको उम्मेदवारी छ ।

संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका संघको प्रतिनिधि व्यवस्थापन समितिका संयोजक तथा द्वितीय उपाध्यक्ष सञ्जु गुरुङले जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *