नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनिक भवनको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले उक्त भवनको समुद्घाटन गरेका हुन ।

वैदेशिक रोजगार व्यवसायी संघको प्रशासनिक भवनको औपचारिक रुपमा उद्घाटन

संघका अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा संघले हालसालै काठमाडौंको सिफल चौर अगाडि साँढे ३ तलाको ६ आना १ दाम क्षेत्रफलको घर व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरेर खरिद गरेको थियो ।

समुद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले संघका अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा संघको आफ्नै प्रशासनिक भवन खरिद गर्नुका साथै महत्वपुर्ण कार्यहरु गर्न सफल भएकोमा आभार प्रकट गरेका थिए ।

साथै उनले संघको आसन्न निर्वाचनले संघलाई हाक्न सक्ने सक्षम नेतृत्व चयन गरोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

वैदेशिक रोजगार व्यवसायी संघको प्रशासनिक भवनको औपचारिक रुपमा उद्घाटन

आफूले अहिलेको कार्यसमितिसँग लामो समय सहकार्य गर्न पाएको बताउँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसाय मानव संसाधनलाई अन्तर्राष्ट्रिय बजारको लागि तयार गर्ने संसारकै सबैभन्दा सम्मानजनक पेशा रहेको समेत बताए ।

त्यस्तै संघका अध्यक्ष भण्डारीले संघ स्थापनाको ३२ वर्षपछि पहिलोपल्ट आफ्नै प्रशासनिक भवनको प्रांगणमा कार्यक्रम गर्न पाउँदा अत्यन्तै गौरावन्वित महशुस भएको बताए । भवन खरिदका लागि सम्पुर्ण व्यवसायीहरुले उत्साहपूर्ण सहयोग गरेको बताउँदै उनले सहयोगी सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

वैदेशिक रोजगार व्यवसायी संघको प्रशासनिक भवनको औपचारिक रुपमा उद्घाटन

भवन खरिद गर्दैगर्दा कतिपय व्यवसायीहरुले आफ्नो कार्यकाल असफल बनाउन विरोध समेत गरेको बताउँदै अध्यक्ष भण्डारीले असन्तुष्ट व्यवसायीहरुलाई पनि संघमा एक्यवद्ध हुन आग्रह गरेका छन् ।

त्यस्तै संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार)ले संघले ३२ वर्षदेखि देखेको आफ्नै प्रशासनिक भवनको सपना वर्तमान कार्यसमितिले पुरा गर्न सफल भएको बताए । वर्तमान नेतृत्वको अथक प्रयास पूर्वअध्यक्षहरुको गाइडलाइन र सम्पुर्ण व्यवसायीहरुको सााथ र सहयोगका कारण आज संघको आफ्नै भवन हुन सफल भएको उनले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघको प्रशासनिक भवनको औपचारिक रुपमा उद्घाटन

उनले भवन खरिद गर्दा केही रकम अझै अपुग भएको र सम्पुर्ण व्यवसायीहरुलाई थप सहयोग गर्न समेत आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले संघका अध्यक्ष भण्डारीको नेतृत्वले ऐतिहासिक काम गर्न सफल भएको बताए । उनले आगामी दिनमा संघ नेतृत्वले अझै धेरै राम्रा काम गर्दै जाओस भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

वैदेशिक रोजगार व्यवसायी संघको प्रशासनिक भवनको औपचारिक रुपमा उद्घाटन

त्यस्तै सम्पुर्ण व्यवसायीहरुको साथ र सहयोगले संघले इतिहासमै पहिलोपटक आफ्नै प्रशासनिक भवन खरिद गर्न सफल भएको बताउँदै संघका महासचिव मेघनाथ भूर्तेलले सम्पुर्ण सहयोगी व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।