संघको प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठको उम्मेदवारी : व्यवसायीको पक्षमा अहोरात्र खटने प्रतिवद्धता

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिएका सुजितकुमार श्रेष्ठले आफु निर्वाचित भएमा व्यवसायीहरुको पक्षमा काम गर्नका लागि अहोरात्र खटने प्रतिवद्धता व्यक्त गरेका छन ।

२ दशक भन्दा बढी समयदेखि वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा सक्रिय श्रेष्ठ व्यवसायीहरु माझ स्पष्ट वक्ता, जुझारु र सक्रिय नेतृत्वकर्ताकोरुपमा परिचित छन । आम व्यवसायीको मन जितेका श्रेष्ठ नरेश गेलाल नेतृत्वमा बनेको संयुक्त व्यवसायी समुहबाट प्रथम उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन ।

विगतका दिनमा पनि वैदेशिक रोजगार व्यवसायको क्षेत्र तथा व्यवसायीहरुको हक, हित संरक्षण र समस्या समाधानमा अग्रपंक्तिमा रहेर काम गरेको सबै व्यवसायीहरु माझ छर्लङ्ग रहेको भन्दै श्रेष्ठले अहिले यो क्षेत्र थप अफ्ठयारो परिस्थितीमा रहेको हुदा यसको सामना गर्ने कार्ययोजनासहित आफुले उम्मेदवारी दिएको बताए ।

‘आम व्यवसायी साथिहरुकै सल्लाह र हौसलाले मैले प्रथम उपाध्यक्ष पदमा रहेर काम गर्नेगरी उम्मेदवारी दिएको हुँ’ श्रेष्ठले भने ‘हिजोका दिनमा संघमा रहदा होस् या वाहिर रहदा होस् वैदेशिक रोजगार व्यवसाय क्षेत्रमाथि आइपरेका हरेक समस्या र सिण्डकेट विरुद्ध लडन अग्रपंक्तिमा रहेर काम गरेको यहाँहरुलाई अवगत नै छ, आगामी दिनमा पनि थप सशक्त र परिणाममूखि नेतृत्वदायी भूमिका निर्वाहका आम व्यवसायी साथिहरुले माया गरिदिनुहुनेछ भन्नेमा विश्वस्थ छु ।’

श्रेष्ठले सय संख्याको बाध्यात्मक व्यवस्थाको अन्त्य गर्न, मागपत्र प्रमाणिकरणका समस्याहरुको स्थायी रुपमा समाधान गर्न, नयाँ र आकर्षक गन्तव्यको खोजी गर्न तथा शेवाशुल्क कायम गराउन पहल गर्नुका साथै व्यवसायीक कानुनी झन्झटको अन्त्य गर्न पहल कदमी गर्ने, जापान, कोरिया रोजगारीमा नीजि क्षेत्रलाई सहभागी गराउने लगायतका प्रतिवद्धता जनाएका छन ।

श्रेष्ठले सय संख्याको बाध्यात्मक व्यवस्थाको अन्त्य गर्न, मागपत्र प्रमाणिकरणका समस्याहरुको स्थायी रुपमा समाधान गर्न, नयाँ र आकर्षक गन्तव्यको खोजी गर्न तथा शेवाशुल्क कायम गराउन पहल गर्नुका साथै व्यवसायीक कानुनी झन्झटको अन्त्य गर्न पहल कदमी गर्ने, जापान, कोरिया रोजगारीमा नीजि क्षेत्रलाई सहभागी गराउने लगायतका प्रतिवद्धता जनाएका छन ।

व्यवसायको साथसाथै व्यवसायिक संघसंस्थामा नेतृत्व गर्ने क्षमता बोकेका श्रेष्ठले यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको महासचिव, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको कार्यवाहक अध्यक्ष, नेपाल इजरायल फ्रेण्डसिप सोसाइटीको महासचिव, नेपाली काँग्रेस श्रम तथा आप्रवाशन विभागको सदस्य लगायतको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन ।

वैदेशिक रोजगार व्यवसायमा अनुभव बोकेका मात्र होइन पढेर सक्षम भएका र नेतृत्वदायी भूमिका निभाउन सक्ने युवा पनि छन् भनेर श्रेष्ठले प्रमाणित गरेका छन । उनको उम्मेदवारीप्रति अधिकांश व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।

एलाइन्स ह्युमन रिसोर्सका संचालक श्रेष्ठ २२ बर्षदेखि वैदेशिक रोजगार व्यवसायमा संलग्न छन । इजरायल कामदार पठाउने व्यवसायीको रुपमा यस व्यवसायमा प्रवेश गरेका श्रेष्ठ सुरुवाती समयदेखिनै नेपाली कामदारका लागि खाडी र मलेसिया मात्र होइन नयाँ गन्तब्य खोजी गर्नुपर्छ भन्ने मान्यतामा थिए । उनी लगायतका युवा व्यवसायीहरुकै सक्रियतामा पछिल्लो समय युरोप रोजगारीमा पनि नेपालीहरु जान सक्ने वातावरण बनेको छ ।

झापा विर्तामोडमा जन्मिएका श्रेष्ठले मानब शास्त्र अन्तर्गत अंग्रेजीमा स्नाकोत्तर गरेका छन । वैदेशिक रोजगार व्यवसायमा अनुभव बोकेका मात्र होइन पढेर सक्षम भएका र नेतृत्वदायी भूमिका निभाउन सक्ने युवा पनि छन् भनेर श्रेष्ठले प्रमाणित गरेका छन । उनको उम्मेदवारीप्रति अधिकांश व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *