डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ ।

आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको हो ।

ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।