वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि प्रगतिशील र एकीकृतबीच तालमेलको सहमति
- माघ २२, २०८१
- 0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलका आधारमा जाने सहमति भएको छ ।
सहमति अनुसार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको सिफारिसमा द्वितीय उपाध्यक्ष, सचिव र केही सदस्य प्यानलमा उम्मेदवार बन्नेछन् ।
संगठनले द्वितीय उपाध्यक्षमा संस्थाका महासचिव मधुकर रिजाल र सचिवममा संस्थाका सचिव अनिल बोगटीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । सदस्यहरूको टुंगो लगाउन छलफल जारी रहेको बताइएको छ ।
मञ्चका तर्फबाट अध्यक्ष पदमा मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव नरेश गेलाल र महासचिवमा मञ्चका अध्यक्ष जनक रावललाई उम्मेदवार बन्ने यसअघि नै सार्वजनिक भइसकेको छ ।
प्रथम उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यका उम्मेदवारहरूको नामका लागि छलफल चलिरहेको बताइएको छ ।
0 प्रतिक्रिया
बहस नसकिएपछि रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान […]
फास्ट ट्र्याकबारे प्रधानमन्त्रीले भने– ‘खोकना क्षेत्रको समस्या बुझेर प्रस्ताव ल्याउनुस्’
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका […]
काभ्रेको प्रभा माविलाई कात्तिके देउराली समाज कोरियाद्धारा स्यानिटरी प्याड सहयोग
काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाँउपालिका–६, कात्तिके देउरालीमा अवस्थित प्रभा मावि तथा प्रभा बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि कात्तिके देउराली समाज दक्षिण […]
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने […]
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलका राष्ट्रपति आइस्याक हेर्जोगसँग आग्रह गरेका छन् । […]