संघको निर्वाचनमा कुनै पदमा नउठ्ने प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको उद्घोष
- रोजगारमञ्च
- माघ २२, २०८१
- 0

राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि कुनै पनि पदमा उम्मेदवारी नदिने उद्घोष गरेको छ ।
आगामी निर्वाचनका लागि संघले कुनै पनि प्यानलमा सहभागी नहुने निर्णय गरेको छ । वैदेशिक रोजगार व्यवसाय क्षेत्रमा अनेकौं प्रकारका समस्या रहेकोले ती समाधानका लागि ठोस काम गर्न सक्ने उम्मेदवारहरूलाई स्वतन्त्र रूपमा मतदान गर्ने अध्यक्ष भिष्मराज अधिकारीले जानकारी दिए ।
व्यवसायिक एकता र सहकार्यका लागि जुटेको संघले अन्य समुहहरुले उम्मेदवारी घोषणा गर्न थालेपछि संघले आफ्नो लाइन स्पष्ट पारेको छ ।
अध्यक्ष अधिकारीले चुनावलाई केही ठूला संघसंस्थाले सुधारका भन्दा व्यक्तिगत प्रतिष्ठा र अहंकार प्रस्तुत गर्ने, जित हारका परम्परागत शैली अपनाएको भन्दै त्यसको विपरित सक्षम उम्मेदवारलाई मतदान गर्ने उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित मेनपावर व्यवसायीको संघको रुपमा रहेको संस्थामा ५० जनाभन्दा बढि मतादाता रहेको दावी छ ।
0 प्रतिक्रिया
अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले चुन्यो अध्यक्षमा सरस्वती वस्याल

रुपन्देहीको देवदहमा शुक्रबार सम्पन्न कवि नवराज पराजुली कविता कन्सर्ट, स्रष्टा सम्मान तथा अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले नयाँ नेतृत्व […]
गणतान्त्रिक मञ्चसँग तालमेलमा बन्यो गुरुङ प्यानल, लोकतान्त्रिकभित्रै भाँडभैलो

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले भुवनसिंह गुरुङको नेतृत्वमा प्यानल घोषणा गरेको […]
प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली दिवङ्गत कमल कोइरालालाई श्रद्धाञ्जली दिन सोमबार […]
आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको […]
विश्वप्रकाशको प्रश्न : ‘तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन् ?’

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घट्नामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन् । सोमबार […]