एशोसिएशनका महासचिव बस्नेतको राजिनामाले ल्याएको तरङ्ग, संघको महासचिवमा समेत उम्मेदवारी नदिने घोषणा

news-details

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका महासचिव महेश कुमार बस्नेतले पदबाट राजिनाको दिएका छन् । नेपाली काँग्रेस निकटका व्यवसायीहरुको व्यापक दवाव खेप्न नसकेर उनले राजिनामा दिन बाध्य भएको बताइएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि एशोसिएसनबाट महासचिव पदमा नै उम्मेदवार बनेका बस्नेतले एशोसिएसनको महासचिव पदबाट राजिनामा र संघको महासचिवमा समेत उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

उनको राजिनामा पछि एशोसिएशनभित्र तरङ्ग आएको छ । एशोसिएशनले यसअघि गरेको निर्णयमा पुनर्विचार हुने वातावरण बनेपछि उनले राजिनामा दिने निर्णयमा पुगेको बताइएको छ । ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा.लि.का सञ्चालक बस्नेतले आफू स्वतन्त्र भएर बस्ने जनाएका छन् ।

एशोसिएसनका अध्यक्ष दिपक थापालाई सम्बोधन गरिएको राजीनामामा उनले आत्मा शान्तिका लागि राजिनामा गरेको जनाउदै व्यवसायिक राजनीतिबाट तत्कालका लागि निष्क्रिय रहने बताएका छन् ।

बस्नेतसहितको एशोसिएसनको गतहप्ताको कार्यसमिति बैठकले संघको अध्यक्षमा संघका पूर्व द्वितीय अध्यक्ष भूवनसिह गुरूङको नेतृत्वमा प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, देब कुमार खोखालीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एशोसिएसनका अध्यक्ष दीपक थापाले भने आवेगमा आएको बस्नेतको राजिनामा विषयमा थप छलफल गर्ने जनाएका छन् ।

अध्यक्ष थापाले महासचिव बस्नेतले एशोसिएसनको गत निर्वाचनमा व्यवसायीका अगाडि गरेको प्रतिवद्वता भुल्न नहुने जनाउदै आवेगमा यस्ता कार्य गर्न नहुने जनाउँदै एशोसिएशनको दुईतिहाइले गरेको निर्णयलाई सबैले स्वीकार्नुको विकल्प नभएको बताउँदै आएका छन् ।

 

लोकतान्त्रिक एशोसिएशनको निर्णय विरुद्ध किन घोषणा भयो खनालको नेतृत्वमा अर्को प्यानल ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *