लोकतान्त्रिक फोरमको निर्णय विरुद्ध खनालको नेतृत्वमा अर्को प्यानल घोषणा

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि कांग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको निर्णय विपरित कुमुद खनालको नेतृत्वमा अर्को प्यानल घोषणा भएको छ ।

एशोसिएसनले भुवनसिंह गुरुङको नेतृत्वमा ९ सदस्यीय प्यानल घोषणा गरेकोमा त्यसप्रति विमति जनाउदै अध्यक्षका आकांक्षी ६ जना उम्मेदवार एकैठाँउ उभिएर खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरेको हो ।

एशोसिएशनभित्र उम्मेदवार छनौटमा चरम असन्तुष्टी, दुई तिहाईले निणर्य गरेको अध्यक्ष थापाको दावी

खनालको प्यानलमा प्रथम उपाध्यक्षमा प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा चिरञ्जीबी बस्याल, तृतीय उपाध्यक्षमा सुजितकुमार श्रेष्ठ, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल, कोषाध्यक्षमा हिमा गुरुङ उम्मेदवार बन्ने सार्वजनिक भएको छ ।

यस्तै कार्यसमिति सदस्यमा चन्द्रप्रसाद लिम्बू, प्रकाश बोहोरा, विक्रम श्रेष्ठ, ईश्वर सापकोटा, शिवकुमार कार्की, लिलबहादुर तामाङ, राजकाजी भोलान, हर्कबहादुर लिम्बू, जंगबहादुर इजाम, कैलाश पाठक, विन्देश्वर यादव रहेका छन् ।
यस अघि संघको नेतृत्वका लागि एशोसिएसनका तर्फबाट भुवनसिंह गुरुङसहित कुमुद खनाल, प्रज्ञान न्यौपाने, सुजित श्रेष्ठ, चिरञ्जीवी बस्याल, मेघनाथ भुर्तेल, किशोर केसी गरी ७ जना आकांक्षी रहेका थिए ।

एशोसिएशनको बैठकले भुवनसिहं गुरुङको नेतृत्वमा संघको निर्वाचनमा होमिने निर्णय गरेपछि उक्त निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै अध्यक्षका अन्य ६ आकांक्षीले सयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन । नेपाली कांग्रेस पार्टीमार्फत उक्त निर्णय सच्चाउन आग्रह गर्ने भन्दै उनीहरुले एकैठाँउ उभिएर नयाँ प्यानल घोषणा गरेका हुन ।

संघको निर्वाचनमा सर्वसम्मत नेतृत्व बनाएर जान सकिने अवस्था हुदाहुदै एशोसिएसनले आकांक्षीहरुबीच सामान्य छलफलसमेत नगरी रातारात एकलौटी निर्णय गरेको र के आधारमा उम्मेदवार तय गरेको जवाफसमेत नभएको उनीहरुको आरोप छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *