गैर हाजिर भएका १५ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
- माघ १०, २०८१
- 0

गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी १५ जनालाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।
हवलदार र सहायक हवलदार र अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
0 प्रतिक्रिया
सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एक जनाको हत्या

डाकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ । बिहीबार राति […]
आज मधेश सरकारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

शुक्रबार मधेश प्रदेश सरकारको प्रदेशसभा बैठक बस्ने भएको छ । बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । आजको बैठकमा […]
आज चार संसदीय समितिका बैठक बस्दै

शुक्रबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन […]
‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ‘बल्याकआउट’ गर्ने उर्जा उद्यमीहरुको चेतावनी

सरकारले नदी प्रवाहमा आधारीत जलविद्युत आयोजनामा टेक एण्ड पे (लिएपछि मात्रै तिर) प्राबधान अनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा […]
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । शुक्रबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको […]