वैदेशिक रोजगारी : व्यक्तिगत माध्यमबाट जानेको संख्या बढ्यो
- माघ ६, २०८१
- 0

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो ।
गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रुपमा विदेशिनेको संख्या भने बढेको देखिएको छ ।
व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो । व्यक्तिगत रुपमा जानेको संख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ ।
विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ । पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रुपमा जानेको संख्या २ लाख ५ हजार ९४५ रहेको छ ।
0 प्रतिक्रिया
माधवजीविरुद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिशोध राखेर मुद्दा […]
ऐतिहासिक सुन्धारा र पूरानो धरहराको अवशेषलाई संरक्षण गर्न स्थानीयबासीको माग

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना […]
संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘अफगानिस्तानको आगो’ पोर्चुगलमा लोकार्पण

गैरआवासीय नेपाली संघ (एनआरएनए) सेसेल्सका संस्थापक, निवर्तमान अध्यक्ष तथा अफ्रिका क्षेत्रीय पूर्व उपसंयोजक रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध […]
आज पनि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

भिजिट भिसा प्रकरणमा नाम जोडिएको गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई लिएर संसद बन्धक बनेको छ । विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा […]
माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको बजेट अधिवेशनमै विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन […]