तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा नवल किशोर यादव चयन

news-details

तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा नवल किशोर यादव चयन भएका छन ।

समाजको साधारणसभाले यादवको अध्यक्षतामा आगामी कार्यकालका लागि सर्वसम्मतले कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले प्रथम उपाध्यक्षमा अख्तर हुसेन, द्वितीय उपाध्यक्षमा राजेश्वर कुमार राय, तृतीय उपाध्यक्षमा कामेश्वर शाह, महासचिवमा दिनेश कुमार राय, सचिवमा श्यामसुन्दर शाह र कोषाध्यक्षमा सबिता कुमारी सिंह चयन गरेको छ भने सदस्यहरूमा आनन्द चौधरी, ओमप्रकाश शाह, रामबाबु महतो, अनवर अली मियाँ, राम एकबाल महतो, राजेश यादव, सुशील कुमार कुसवाहा, भूपाल प्रसाद साह, राजेश्वर यादव, र मोहम्मद हजरत अली चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष यादवले समाजले वैदेशिक रोजगार व्यवसायीहरूको हितका लागि प्रभावकारी कार्य गर्ने जानकारी दिएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *