मेनपावर कम्पनीका शाखाहरु असोजभित्र नवीकरण गर्न विभागको निर्देशन

news-details

मेनपावर कम्पनीहरुलाई आफ्ना शाखा कार्यालयहरु असोज मसान्तभित्र नवीकरण गर्न वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।

प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र शाखा कार्यालय नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा अनुमति लिएर शाखा कार्यालय संचालन गरेका अधिकांश मेनपावर कम्पनीले शाखा कार्यालय नवीकरण नगरेको देखिएपछि सूचना नै निकालेर विभागले असोज मसान्तसम्ममा शाखा कार्यालय नवीकरण गर्न निर्देशन दिएको हो । कार्यविधिमा शाखा कार्यालय नवीकरण गर्दा प्रत्येक शाखा कार्यालयको एक हजार शुल्क लाग्ने व्यवस्था छ ।

शाखा नवीकरण गराउन चाहने मेनपावर कम्पनीहरुले निवेदनका साथमा नवीकरण दस्तुर, शेयर लगत, हालसालै अध्यावधिक गरिएको शेयर लगतको पत्र, गत आर्थिक वर्षको करचुक्ता प्रतिलिपि, शाखा कार्यालय सञ्चालन अनुमति पत्रको प्रतिलिपि, शाखा कार्यालय नवीकरण गर्ने सञ्चालक समितिको निर्णय, शाखा दर्ता गर्दा पेश गरेको नगद धरौटीको प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रतलिपि, शाखा प्रमुख र अन्य कर्मचारीको नियुक्तिपत्र तथा विवरण र कार्यालय वहालमा रहेको भए घर वहाल सम्झौता पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाहरूको स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७९ अनुसार वार्षिक एक हजार कामदार पठाउने मेनपावर कम्पनीलाई एक वटा, दुई हजार पठाउनेलाई दुई, तीन हजार पठाउनेलाई तीन, तीनदेखि पाँच हजार पठाउनेलाई पाँच र पाँच हजारभन्दा धेरै पठाउनेलाई केन्द्रीय कार्यालयसहित सात वटासम्म शाखा सञ्चालन गर्न दिने व्यवस्था रहेको छ ।

विभागको तथ्यांकअनुसार हालसम्म ३२ वटा मेनपावर कम्पनीले शाखा सञ्चालनको अनुमति लिएका छन् । तीमध्ये अधिकांशले झापाको बिर्तामोड, सुनसरीको इटहरी तथा धरान, कास्कीको पोखरा,  चितवनको भरतपुरमा कार्यालय सञ्चालन गरिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *