काठमाडौंको मैतिदेवीमा रोजगार मेलाको आयोजना

news-details

युवा विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने उद्देश्यले ‘फिनिक्स करिअर कनेक्शन २०८१’र ‘युनिभर्सल करिअर लिंक २०८१’नामक रोजगार मेला आयोजना गरिएको छ ।

राजधानीको मैतीदेवीस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र जब्स डाइनामिक्स प्रालिसँगको संयुक्त आयोजनामा शुक्रबार रोजगार मेला सम्पन्न भएको हो ।

कार्यक्रममा पाँच दिनको करिअर ग्रुमिङ सत्रहरू समेत आयोजित गरिएको थियो । जसमा बायोडाटा लेखन, अन्तरवार्ता सामना गर्ने कौशल, रोजगार बजारको परिदृश्य बुझ्न र अन्य रोजगारसम्बन्धी सीप बृद्धि कार्यक्रमहरू समावेश रहेको रोजगार मेलाका संयोजक राजु टण्डनले जानकारी दिए ।

मेलामा नेपालका ३० वटा कम्पनीहरू र भारतका चार वटा कम्पनीहरू सहभागी भएका थिए । यी कम्पनीहरूले निर्माण, प्रविधि, सेवा, व्यापार, कर्पोरेट घराना र ई–कमर्स जस्ता विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्दै कलेजका विद्यार्थीहरूलाई क्याम्पसमा रोजगारी र करियर अवसरहरू प्रदान गरेका थिए । कार्यक्रममा करिब २५० विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने लगभग ५६० भन्दा बढी वास्तविक समयमा अन्तरवार्ता सम्पन्न गरिएको थियो ।

रोजगार मेला आयोजनाले उद्योग र शैक्षिक संस्थाबीचको समन्वयलाई सुदृढ पार्ने एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको आयोजक पक्षको भनाई छ । मेलाले विद्यार्थीहरूलाई करियर, इन्टर्नशिप, र रोजगारीका अवसरहरू प्राप्त गर्न अवसर प्रदान गरेको तथा यो कलेज र जब्स डाइनामिक्स प्रालिद्वारा गरिएको एक महत्वपूर्ण पहल भएको रोजगार मेलाका संयोजक राजु टण्डनले बताए ।

फिनिक्स कलेज अफ म्यानेजमेन्टले बीबीए, बीएचएम, बीआइटी जस्ता स्नातक कार्यक्रम र एमबीए, एमसीएस जस्ता स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आएको छ । लिन्कन विश्वविद्यालय, मलेसियासँगको आवद्धले कलेजलाई उच्च शैक्षिक मानक र विश्वव्यापी सन्दर्भमा मेल खाने पाठ्यक्रम प्रदान गर्न सक्षम रहेको दाबी गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *