मलेसियाको कम्पनी केरी इन्ग्रिडियन्सले दियो मृतक मगरका परिवारलाई २५ लाख
- रोजगारमञ्च
- भदौ ११, २०८१
- 0

मलेसियामा कार्यरत रहेको अवस्थामा आत्महत्या गरेका नेपाली कामदार यमबहादुर रमाली मगरका आश्रित परिवारलाई मलेसियाको केरी इन्ग्रिडियन्स एसडीएन बिएचडीले करिब २५ लाख रुपैयाँ सहयोग पठाएको छ ।
मलेसियाको उपभोग्य सामाग्री उत्पादक कम्पनी केरीको पेनाङ शाखामा कार्यरत रहेको अवस्थामा नवलपुर जिल्लाको कावासोतीका ३५ वर्षीय यमबहादुर रमाली मगरले गत मे २४ तारिकमा आत्महत्या गरेका थिए ।
काठमाडौंको अल्फा सिग्मा ओभरसिज प्रा.लिबाट मलेसिया गएका मगरका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । अल्फा सिग्माका अध्यक्ष प्रवीन कुमार अग्रवालले स्वर्गीय रमाली मगरकी श्रीमती युमाया रिलामी मगरलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
मलेसियाका कम्पनीमा कार्यस्थलमा हुने दुर्घटनाको क्षतिमा मात्रै बीमा कभरेज हुने भएपनि कम्पनीको विशेष पहलमा आत्महत्या गरेका मगरको आश्रित परिवारले सहयोग पाएको म्यानपावर कम्पनीले बताएको छ ।
मलेसियाको कम्पनीले दिएको पैसाबाट आफ्नो परिवारमा ठूलो सहयोग पुग्ने मगरकी श्रीमतिले आभार प्रकट गरिन् ।
उक्त कम्पनीमा एक हजार बढी नेपाली कामदार कार्यरत रहेकोे र उनीहरुलाई मनोसामाजिक परामर्श दिन डा. कमल गौतमलाई पठाइएको थियो । उनले पाँचदिने मनोचिकित्सा परामर्श प्रदान गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वतृतीय उपाध्यक्ष एवम् गोल्डेन गेटवे इन्टरनेशनल प्रा.लि.का सञ्चालक मुक्तिनाथ अधिकारीले सहयोग रकमको सही सदुपयोग गरी आश्रित सन्तानको शिक्षादिक्षामा लगानी गर्न आग्रह गरे ।
0 प्रतिक्रिया
संघको तृतिय उपाध्यक्षमा ‘वैभव’को उम्मेदवारी : अहिलेजस्तै व्यवसायीको मन जित्ने गरी काम गर्ने प्रतिवद्धता

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यकालका लागि वैदेशिक रोजगार व्यवसायी माझ जुजारु र सक्रिय व्यवसायीका रुपमा चिनिएका बैकुण्ठ प्रसाद […]
पूर्वजहरु हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन् । शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक […]
रास्वपाले चितवनबाट सुरू गर्यो ‘जनयात्रा’

राष्ट्रिय स्वतन्त्र पार्टीले जनयात्रा सुरू गरेको छ । रास्वपाले आज चितवनबाट जनयात्रा सुरू गरेको हो । पार्टी सभापति रवि लामिछाने […]
यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु

नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका […]
बार एशोसिएशनको केन्द्रीय कार्यसमितिका लागि मतदात सुरु

नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका […]