आन्तरिक रोजगारी बढाउने सरकारको योजना छ : मन्त्री भण्डारी

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको बताएका छन् ।

बिहिबार श्रम मन्त्रालयमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारी बढाएर वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको भन्दै विश्व बैंकलाई सहयोगको लागि अनुरोध गरेका हुन् ।

यस्तै, उनले स्थानीय तहमा रहेका सबै रोजगार सेवा केन्द्रलाई सुदृढीकरण गर्दै जब हब को रुपमा विकास गर्ने पनि बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *