सय कामदार पठाउन नसकेका मेनपावर व्यवसायीको आक्रोष : संघ घेराउदेखि आन्दोलनसम्मको चेतावनी

news-details

बार्षिक एक सय जना कामदार वैदेशिक रोजगारमा नपठाउने मेनपावर कम्पनीको इजाजत नविकरण नभएपछि व्यवसायीहरु आक्रोषित बनेका छन् ।

नविकरण नभएका झण्डै २ सय ६० मेनपावर कम्पनी अहिले आक्रोषित बनेका हुन् । नविकरण नभएका कारण वैदेशिक रोजगार विभागले सम्पुर्ण कारोवार बन्द गरिदिएपछि उनीहरु थप आक्रोषित बनेका हुन् ।

नविकरण नभएका व्यवसायीहरुले आफ्नो छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नविकरणका लागि नेतृत्वदायी भूमिका खेल्न नसकेको र नचाहेको आरोप लगाउँदै संघ घेराउ गरेका छन् ।

वर्तमान संघ नेतृत्वले असार मसान्तभित्र सबै व्यवसायीको नविकरण हुने आश्वासन दिएको तर अहिले काम बन्द हुँदा समेत खुलाउन सक्रिएता नदेखाएको भन्दै संघ घेराउ गरेका हुन् । मंगलबार केही व्यवसायीले संघ घेराउ गरेका भएपनि भोलिका दिन आन्दोलनका कार्यक्रम अझ ससक्त बनाउने आक्रोषित व्यवसायीहरुको भनाई छ ।

शुक्रवारसम्म पनि संघले सरकारसँग पहल गरेर नविकरण गर्ने वातावरण नबनाउने हो भने हजारौ मानिस उतारेर संघ र वैदेशिक रोजगार विभाग घेराउ गर्ने आन्दोलित व्यवसायीको भनाई छ ।

‘हामी अहिलेसम्म चुप लागेर बसेका छौ, शुक्रबारसम्म नविकरण खुलाउने विषयमा निर्णय नभए हाम्रै संघ र वैदेशिक रोजगार विभाग घेराउ गर्ने छौ, हाम्रा हजारौ कर्मचारी, भिसा आएका कामदार र व्यवसायी उतार्ने योजनामा छौ’ स्टार रे मेनपावरका संचालक रमेश राईले बताए । उनले बर्षौदेखि गरिरहेको व्यवसाय अब्यवहारिक नियमका कारण खोसिन लाग्दा आन्दोलनका लागि व्यवसायी तयार भएको बताएका छन् ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले केही व्यवसायीहरु आएर संघमा घेराउ गरेको र आक्रोष पोखेको स्वीकार गरेका छन् । उनले भने –‘केही व्यवसायीहरु आउनु भएको थियो, हामीले सरकारसँग निरन्तर छलफल गरेर नविकरणका लागि दवाव दिइरहेका छौं, संघ विरुद्ध होइन सरकारविरुद्ध नै जानु पर्दा म व्यवसायीकै पक्षमा हुनेछु ।’

वैदेशिक रोजगार विभागले अनलाइन बन्द गरिदिएपछि भिसा आएका हजारौ कामदार उड्न नपाएको र विदेशबाट आउने नयाँ भिसाका लागि पनि डकुमेण्ट रिन्यु नहुँदा समस्यामा परेको व्यवसायीहरुको गुनासो छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले केही व्यवसायीहरु आएर संघमा घेराउ गरेको र आक्रोष पोखेको स्वीकार गरेका छन् । उनले भने –‘केही व्यवसायीहरु आउनु भएको थियो, हामीले सरकारसँग निरन्तर छलफल गरेर नविकरणका लागि दवाव दिइरहेका छौं, संघ विरुद्ध होइन सरकारविरुद्ध नै जानु पर्दा म व्यवसायीकै पक्षमा हुनेछु ।’

तत्कालिन श्रममन्त्री गोकर्ण विष्टले २०७५ सालमा मेनपावर कम्पनी नविकरणका लागि वार्षिक सय जना कामदार पठाउनुपर्ने व्यवस्था लागू गराएका थिए । तथापी यो व्यवस्था अहिलेसम्म कार्यान्वयनमा आउन भने सकेको छैन ।

संख्या तोकेरै कामदार पठाउनै पर्ने प्रावधानका विषयमा चौतर्फी आलोचना खेप्नुपरेपछि त्यसयता हरेक वर्ष सरकारले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ अनुसार बाधा अड्काउ फुकाउ आदेश जारी गरेर बार्षिक सय जना कामदार पठाउन नसकेका मेनपावरको नविकरण गर्दै आएको छ ।

तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रिपरिषदमा मेनपावर कम्पनी नविकरणका लागि बाधा अड्काउ फुकाउ आदेशका लागि प्रस्ताव पेश गरेका थिए । तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको असार २७ गते बसेको अन्तिम मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव प्रस्तुत नै भएन ।

यो वर्ष पनि तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रिपरिषदमा मेनपावर कम्पनी नविकरणका लागि बाधा अड्काउ फुकाउ आदेशका लागि प्रस्ताव पेश गरेका थिए । तर, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको असार २७ गते बसेको अन्तिम मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव प्रस्तुत नै भएन ।

पछिल्लो समय देखापरेको राजनैतिक उतारचडावले वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तनको संघारमा रहदा नविकरण गर्ने समयावधी सकिनु केहि दिन अघि मात्र बसेको अन्तिम मन्त्रीपरिषद बैठकले विगतमा झै बाधा अडचन फुकाउ आदेश जारी गर्नेमा ढुक्क रहेका वैदेशिक रोजगार व्यवसायीहरु उक्त प्रस्ताव बैठकमा प्रस्तुत नै नहँुदा आक्रोशित बनेका हुन् ।

संघका अध्यक्ष भण्डारीले व्यवसायीहरुलाई आश्वासन दिए अनुसार मन्त्री अर्यालले मन्त्रीपरिषद बैठकमा प्रस्ताव पेश नै नगरी फिर्ता लिएको भन्दै आक्रोस पोख्दै आए पनि निरन्तर लवी गर्न नसकेको आरोप उनी माथि नै लाग्दै आएको छ ।
केही मेनपावर व्यवसायीहरुले नै नविकरणको फाइल फिर्ता लिन लगाएर संघलाई असफल बनाउन लागेको संघका अध्यक्ष भण्डारीको बुझाई छ ।

यद्यपी अहिलेको मन्त्रिपरिषद बैठकले बाधा अड्चन फुकाउको निर्णय गरे विगतमा झै यसपटक पनि सय जना कामदार पठाउन नसक्ने मेनपावर नविकरणको बाटो खुल्नेछ ।

असार मसान्तमा नविकरणको समयावधि समाप्त भएपनि थप नविकरण दस्तुर बुझाएर असोज मसान्तसम्म नविकरण गर्न सकिने वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताएका छन । उनले नविकरणका लागि अधिकांश मेनपावरहरुले विभागमा कागजात पेश गरेको जानकारी दिदै बाधा अड्चन फुकाउ आदेश आएलगत्तै वार्षिक सय जना कामदार पठाउन नसकेका मेनपावरहरुको नविकरण हुने प्रावधान रहेको बताएका छन् । यद्यपी अहिले एक सय कामदार नपठाएका मेनपावरको काम बन्द रहेको छ ।

यद्यपी अहिलेको मन्त्रिपरिषद बैठकले बाधा अड्चन फुकाउको निर्णय गरे विगतमा झै यसपटक पनि सय जना कामदार पठाउन नसक्ने मेनपावर नविकरणको बाटो खुल्नेछ ।

तर, हरेक वर्ष यही नियती दोहोरिनु भने राम्रो होइन । स्वदेशमा रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटाउदै लैजाने सरकारी नीतिको उल्टो संख्या तोकेरै यती पठाउनै पर्छ भन्नु आफैमा विरोधाभाष रहेको छ । चौतर्फि आलोचना हुँदै आएको र अहिलेसम्म लागू नै हुन नसकेको यो व्यवस्था हटाउन चौतर्फी दवाव छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *