श्रम मन्त्रालयमा सचिव बनेर फर्किए निरौला, २१ सचिवको सरुवा

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव भएर काम गरिसकेका मुकुन्द प्रसाद निरौला सचिव बनेर फर्किएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले श्रम सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव निरौलालाई ल्याएको हो ।

सचिवमा बढुवा हुनुअघि निरौला श्रम मन्त्रालयमा नै प्रशासन शाखाको प्रमुख भएर काम गरिसकेका छन् । निरौला २०७८ फागुन ५ गते सचिवमा बढुवा भए पछि विभिन्न मन्त्रालयमा रहेर काम गरेका छन् ।

श्रम मन्त्रालयका बारेमा जानकार सचिव निरौला आएपछि मन्त्रालयको काममा गति लिने अपेक्षा गरिएको छ ।

त्यसैगरी सरकारले २१ जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो । अर्थ सचिवमा राजश्व सचिव डा= राम प्रसाद घिमिरे आएका छन् त्यहाँका सचिव मधु कुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय पुगेका छन् । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(वाणिज्य) दिनेश घिमिरे आएका छन् ।

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएका छन् भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदी आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा आएका छन् । रक्षा मन्त्रालयका सचिव किरण राज शर्मा वित्त आयोगमा पुगेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *