२७१६ जनालाई निःशुल्क वैदेशिक रोजगारीमा पठाएको आकर्षण इन्टरनेशनल २० औ बर्षमा प्रवेश

news-details

नेपाली श्रमिकलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउदै आएको आर्कषण इन्टरनेशनल प्रा.लि. स्थापनाको १९ बर्ष पुरा गरी २० औं बर्षमा प्रवेश गरेको छ । शुन्य लागतमा कामदार पठाउँदै आएको काठमाडौंको सिनामंगल एयरपोर्टमा अवस्थित आकर्षणले २० औं स्थापना दिवस तथा बार्षिकोत्सव मनाएको छ ।

नेपाल सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट”को नीति कार्यान्वयन हुनु अगाडि बाटै विदेश जाने सम्पुर्ण नेपाली श्रमिकहरुलाई आकर्षणले शुन्य लागतमा विदेश पठाउदै आएको छ । यस आर्थिक वर्ष २०८०/०८१ मा आकर्षणले पुरुष २,४८७ (दूई हजार चार सय सतासी) र महिला २२९ (दुईसय उनान्तीस) गरि जम्मा २,७१६ जना (दुई हजार सात सय सोह्र) कामदारलाई कुनै पनि खर्च नलाग्ने गरि न्यायोचित नियुक्तिको प्रक्रिया अवलम्बन गरी पूर्णतया शुन्य लागतमा कामदारहरु पठाएको जानकारी दिएको छ ।

कामदार विदेश जाँदा निःशुल्क र पारदर्शी तरिकाले विदेश जान पाउनु पर्छ भन्ने मान्यता रहेको बताउदै आकर्षण इन्टरनेशनलका अध्यक्ष बिष्णु केसीले कामदार विदेश जाँदा लाग्ने सम्पूर्ण खर्चहरु जस्तै भिसा, टिकट, मेडिकल, विमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष आदिका साथै अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउने जाने गाडी भाडा, खाना, बस्नको व्यवस्थापन एवमं राहदानी वापतको शुल्क समेत भुक्तानी दिदै आएको बताए ।

‘हामीले श्रमिकहरुको सम्पूर्ण हक, अधिकार र सुरक्षाको प्रत्याभूति गराएर जिरो कष्टमा नेपाली श्रमिकहरुलाई विदेश पठाउदै आएका छौ’ अध्यक्ष केसीले भने ‘आकर्षणले वैदेशिक रोजगारीको लागि मलेसियामा बजारीकरण गर्दा न्यायोचित नियुक्ति पालना गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था जसले श्रमिकहरुको समग्र पक्षमा काम गर्छन त्यस्ता रोजगारदाता कम्ंपनीहरुबाट मात्र मागपत्र ल्याई नेपाली श्रमिकलाई रोजगारीको अवसर प्रदान गर्ने गरेको छ ।’

वैदेशिक रोजगारमा गएका श्रमिक, श्रमिकका परिवार, रोजगारदाता कम्पंनीहरुकोे बारेमा वैदेशिक रोजगार विभागले मागे अनुसार फ्री भिसा, फ्री टिकटको विवरण बुझाइसकिएको र कसैलाई थप आवश्यक भएमा सूचना प्रदान गर्न सदैव तयार रहेको आकर्षणले जनाएको छ । स्वच्छ भर्ना प्रकृया अबलम्बन गरी शुन्य लागतमा वैदेशिक रोजगारीमा पठाउने मेनपावरहरुलाई सरोकारवाला संस्थाहरु तथा सरकारले हौसला प्रदान गर्नुपर्नेमा आकर्षणले जोड दिएको छ ।

यसैबीच २० औ बार्षिकोत्सवको अवसर पारेर आकर्षण इन्टरनेशनलले अपाङ्ग पुनस्र्थापना केन्द्र नेपाल पुगेर आवश्यक सहयोग प्रदान गरेको छ । केन्द्रलाई खाद्यान्न लगायत आवश्यक जिन्सी सामाग्री सहयोग स्वरुप प्रदान गरिएको आकर्षणका प्रवन्ध निर्देशक मिलन थापाले बताए । उनले भने ‘सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष बार्षिकोत्सवको अवसर पारेर हामीले यस्तो सहायता प्रदान गर्दै आएका छौ, आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने छौ ।’

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *