प्रवासमा चम्किएका यी नेपाली : श्रमिक भएर विदेशिए, अहिले आफै दिन्छन हजारौलाई रोजगारी
- रोजगारमञ्च
- असार २१, २०८१
- 0

देशमा माओवादी द्वन्द्व नचर्किएको भए भिरकोट स्याङजाका रमेश श्रेष्ठ अहिले स्वदेशमा नै आफ्नो व्यवसाय विस्तार गरिरहेका हुने थिए । सायद आफ्नै देशमा सफल व्यवसायीको परिचय बनाइरहेका हुने थिए । तर, माओवादी द्वन्द्वले उनलाई आफ्नै देशमा व्यापार गर्न दिएन । नेपालमा गरेको करोडौंको लगानी खरानी बन्यो । आफ्नै जन्मभूमीमा कर्म गर्ने उनको इच्छा तुहियो । आफ्नै परिवारसँग बसेर स्वदेशमै व्यवसाय गर्ने चाह पुरा हुन सकेन । अन्ततः उनी देश नै छोड्न बाध्य भए ।
रमेशले वैदेशिक रोजगारको बाटो रोजे । सन् २००८ जुलाईमा उनी खाडी मुलुक यूएई उडे । नेपालमा व्यवसाय गरिरहेका रमेश पव्लिक गाडि चालककोरुपमा यूएईको सडक नाप्न थाले । नेपालमा ३ वटा गाडिसहित ड्राइभर राखेका रमेश आफै अर्काको देशमा ड्राइभरको काम गर्न थाले । नेपालमा रहेका आफ्नै गाडिका ड्राइभरसहित उनी यूएई पुगेका थिए । मेहनेत र परिश्रम गर्न कहिल्यै नथाक्ने रमेशले इमान्दारिताका साथ दुई बर्षभन्दा बढि गाडि चालकको काम गरे । आफ्नो कामको सिलसिलामा उनले व्यवसायको जग बसाल्न थालिसकेका थिए । नेपालदेखि नै व्यवसायको भूत चढेका रमेशमा श्रमिक नै भइरहने छुट थिएन । अनि उनले श्रमिकको परिचयलाई बदल्दै व्यवसायी बन्ने बाटो रोजे ।
सानै उमेरदेखि आँटिलो स्वभावका थिए रमेश । स्याङजामा वि.सं. २०३७ सालमा जन्मिएका रमेशको बाल्यकाल गाउँमा बित्यो । बुवा गुप्तबहादुर श्रेष्ठ र आमा शिलाकुमारी श्रेष्ठका जेष्ठ सुपुत्र रमेशको काँधमा सानैदेखि जिम्मेवारी थपिएको थियो । २०५१ सालमा एसएलसी दिएर काठमाडौं आएपनि त्यसअघि उनी आफ्नै बुवाले संचालन गरेको होलसेल पसलमा प्रत्यक्ष संलग्न भएर सहयोग गर्दथे । जव उनले काठमाडौको शंकरदेव कलेजबाट स्नाकोत्तर सकेर गाउँ फर्किए अनि बुवाको व्यापार आफैले जिम्मेवारी लिएर चलाउन थाले । रमेशले धेरै अन्तर्राष्ट्रिय प्रोडक्टको डिलर लिएका थिए । व्यापार राम्रोसँग चलिरहेको थियो । जव माओवादी द्वन्द्व चल्यो उनका २० लाख बरावरको सामान जल्यो, गाडि जले अनि उनका योजना र सपना पनि जले । करोडबाट रोडमा पुगे । अनि रोजे वैदेशिक रोजगार ।
रोजगार गर्न यूएई उडेका रमेशले अहिले बर्षमा हजारौैलाई रोजगार दिइरहेका छन् । रमेशले अहिले यूएईमा जीसीडी ग्रुप अन्तर्गत तीन ओटा कम्पनी सफलताका साथ संचालन गरिरहेका छन् । जीसीडी एचआर एन्ड म्यानेजमेन्ट कन्सल्ट्यान्सी, जीसीडी क्लिनिङ कम्पनी र जीसीडी डकुमेण्ट क्लियरेन्स कम्पनीमा रमेशको स्वामित्व रहेको छ । उनका कम्पनीमा २ सय भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन् । उनको कम्पनीमा नेपाली मात्र नभएर विभिन्न देशका नागरिकले रोजगारी गरिरहेका छन् ।
युएईमा ३ बर्ष जागिर खाँदा उनले अरु विकल्प भेटाइसकेका थिए । उनी जागिरको समय बाहेक रिक्रुटमेण्टका लागि विभिन्न कम्पनीमा पुगेर रोजगारका अवसरहरु खोज्ने काम गर्थे । अन्ततः सन् २०१० मा जागिरे जीवन छोडेर व्यवसायतिर पाइला अगाडि बढाए ।
रोजगार गर्न यूएई उडेका रमेशले अहिले बर्षमा हजारौैलाई रोजगार दिइरहेका छन् । रमेशले अहिले यूएईमा जीसीडी ग्रुप अन्तर्गत तीन ओटा कम्पनी सफलताका साथ संचालन गरिरहेका छन् । जीसीडी एचआर एन्ड म्यानेजमेन्ट कन्सल्ट्यान्सी, जीसीडी क्लिनिङ कम्पनी र जीसीडी डकुमेण्ट क्लियरेन्स कम्पनीमा रमेशको स्वामित्व रहेको छ । उनका कम्पनीमा २ सय भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएका छन् । उनको कम्पनीमा नेपाली मात्र नभएर विभिन्न देशका नागरिकले रोजगारी गरिरहेका छन् ।
यूएईमा विगत १५ बर्षदेखि सीडिसीले आफ्नो छुट्टै पहिचान बनाएको छ । मध्यपुर्वका प्रतिष्ठित सुपरमार्केट, ५ तारे होटल तथा बहुराष्ट्रिय कम्पनीमा सीडीसीले नै काम गर्दै आएको छ । नेपालसहित विश्वका विभिन्न देशबाट कामदार वा श्रमशक्तिको आपूर्ति गरिरहेका रमेशले पहिलो प्राथमिकता भने नेपाली श्रमिकलाई दिने गरेका छन । हालसम्म उनको कम्पनीले ५ हजारभन्दा बढिलाई रोजगारमा पठाइसकेको दावी रमेशको रहेको छ ।
रमेशले यूएईमा मात्र होइन जीसीडीको संजाल ११ वटा देशमा विस्तार गरिसकेका छन् । जीसीडी अन्तर्गत यूएईसहित नेपाल, भारत, कतार, फिलिपिन्स, पाकिस्तानका साथै युरोपको क्रोएसिया, बुल्गेरिया, रोमानिया, इटाली र माल्टामा शाखा कार्यालय संचालन गरिसकेका रमेशले अन्य मुलुकमा पनि यसलाई विस्तारको योजना बनाइरहेका छन् ।
स्वच्छ र पारदर्शी ढंगले व्यवसाय गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेका रमेशले अहिले युरोप लगायत विश्वका विभिन्न देशमा नेपालीका लागि श्रमबजार खोजेर कामदार आपूर्ती गरिरहेका छन् । रमेशले युरोपमा क्रोएसिया, बुल्गेरिया, माल्टा, हंगेरी, लिथोेनियाँ, ग्रिस लगायतका देशहरुमा बार्षिक हजारौ नेपालीहरूलाई रोजगारीका लागि पठाइसकेका छन् ।
जीसीडी गू्रपले विश्वको श्रम बजारमा दक्ष, अर्धदक्ष र अदक्ष कामदारसहित विभिन्न क्षेत्रका पेशाकर्मीहरूको लागि उपयुक्त रोजगारको अवसर खोजेर आपूर्ति गराइरहेको छ । जीसीडीले विश्वभरका गरी साढे चार दर्जन कम्पनीहरूलाई आफ्नो सेवा दिइरहेको रमेशको भनाई छ ।
यूएईका विभिन्न बहुराष्ट्रिय कम्पनीमा कामदार आपुर्ति गर्दै आएका रमेशले आफु र आफ्नो कम्पनीलाई अब्बल सावित गराइसकेका छन् । यूएईमा विगत १५ बर्षदेखि सीडिसीले आफ्नो छुट्टै पहिचान बनाएको छ । मध्यपुर्वका प्रतिष्ठित सुपरमार्केट, ५ तारे होटल तथा बहुराष्ट्रिय कम्पनीमा सीडीसीले नै काम गर्दै आएको छ । नेपालसहित विश्वका विभिन्न देशबाट कामदार वा श्रमशक्तिको आपूर्ति गरिरहेका रमेशले पहिलो प्राथमिकता भने नेपाली श्रमिकलाई दिने गरेका छन । हालसम्म उनको कम्पनीले ५ हजारभन्दा बढिलाई रोजगारमा पठाइसकेको दावी रमेशको रहेको छ ।
पछिल्लो समय रमेशले एजुकेशन कन्सल्टेन्सी पनि संचालनमा ल्याएका छन् । अध्ययनका लागि विदेश जान चाहने युवायुवतिका लागि उपयुक्त परामर्श दिनका लागि कन्सल्टेन्सी संचालनमा ल्याएको रमेशको भनाई छ ।
रिक्रुटमेण्टको क्षेत्रमा लागेकाहरुलाई नेपालमा ‘मानव तस्कर’कोे ट्याग लाग्ने गर्छ । तर, रमेश यस्तो ट्यागलाई चिर्न प्रयासरत छन् । उनी भन्छन्– ‘रिक्रुटमेण्ट भनेको रोजगार दिने माध्यम हो, सरकार आफैले रोजगार दिने वा रोजगारीमा पठाउने होइन, नीजि क्षेत्रले यसमा सघाउने हो, त्यसैले यस पेशालाई सबैले इज्जतिलो बनाउनुपर्छ ।’
राम्रो अवसरको खोजीमा मानिस विश्व बजारमा जहाँ पनि पुग्छ । त्यही राम्रो अवसर खोेजेर नेपालीलाई विश्व बजारमा पु¥याइरहेका रमेशको व्यवसाय जति अपरिहार्य रहेको छ त्यति पवित्र चै मानिदैन । रिक्रुटमेण्टको क्षेत्रमा लागेकाहरुलाई नेपालमा ‘मानव तस्कर’कोे ट्याग लाग्ने गर्छ । तर, रमेश यस्तो ट्यागलाई चिर्न प्रयासरत छन् । उनी भन्छन्– ‘रिक्रुटमेण्ट भनेको रोजगार दिने माध्यम हो, सरकार आफैले रोजगार दिने वा रोजगारीमा पठाउने होइन, नीजि क्षेत्रले यसमा सघाउने हो, त्यसैले यस पेशालाई सबैले इज्जतिलो बनाउनुपर्छ ।’
रिक्रुटमेण्ट क्षेत्रलाई मर्यादित र सम्मानित बनाउनु पर्छ भन्ने मान्यता रमेशको रहेको छ । यो क्षेत्र धमिलो बन्नुको कारण सरकारी नीति नियम राम्रो र समय सापेक्ष नहुनु नै रहेको रमेशको बुझाई छ । नेपालको कानुन श्रमिकमैत्री नहुँदा र जिम्मेवारी लिने कोही नहुँदा समस्या आएको हो । विदेशका राम्रा अवसरहरु सरकारकै कारण गुमिरहेको रमेशको बुझाई छ ।
नेपालीहरु इमान्दार, मेहनेती र कामप्रति जिम्मेवार रहेकाले सबैले नेपाली श्रमिक मन पराउने गरेको रमेश बताउँछन् । सरकार अहिले पनि मलेसिया र खाडी मुलुकमा मात्र कामदार पठाउन केन्द्रित रहेकाले युरोपलगायत अन्य धेरै मुलुकमा नेपालीको माग भएता पनि मागपत्र प्रमाणिकरण हुन नसक्दा रोजगारका अवसर गुमिरहेको रमेशको भनाई छ ।
सरकारले वैदेशिक रोजगारमा जानेलाई संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने गर्दछ । मेनपावर कम्पनीले पठाउँदा संस्थागत स्वीकृति लिनु पर्दछ तर व्यक्ति आफै व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा समस्या बढेको रमेशको भनाई छ । रमेश भन्छन् –‘संस्थागतरुपमा मात्र वैदेशिक रोजगारमा पठाउनु पर्छ, एकाघरबाहेक कसैको पनि व्यक्तिगत श्रम स्वीकृति दिन हुँदैन, अहिले ९५ प्रतिशत समस्या व्यक्तिगत श्रम स्वीकृतिले नै आएको छ, यो तत्काल रोक्नुपर्छ ।’
एनआरएनए अभियानमा लाग्नेहरु धेरै रिक्रुटमेण्ट ब्यवसायमा संलग्न छन तर उनीहरू देखाउन चाहदैनन् वा भन्न रुचाउँदैनन । यूएईमा श्रमिक, व्यवसायी, सामाजिक अभियान्ता हँुदै एनआरएनए अभियानमा लागेका रमेश खुलेर रिक्रुटमेण्ट ब्यवसायलाई सम्मानित र मर्यादित बनाउन क्रियाशिल छन ।
अहिले व्यवसायको शिलशिलामा अधिकांश समय जहाजमा उडिरहेका हुन्छन् रमेश । एक दिन यूएईमा भएका रमेश अर्को दिन माल्टा पुग्छन्, अर्को दिन फिलिपिन्समा अन्तर्वार्ता लिइरहेका हुन्छन् अनि अर्को दिन नेपालमा भेटिन्छन् । उहिले उनको दैनिकी निकै व्यस्त छ । श्रीमति बिमला श्रेष्ठ र ३ छोरा सुजल, रोहन र रियानसहित यूएईमा बस्दै आएका रमेश सामाजिक जीवनमा पनि उत्तिकै अगाडि छन् ।
एनआरएनए एनसीसी यूएईको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्ष बनेर सफलतापुर्वक जिम्मेवारी पुरा गरेका रमेशले पहिलो पटक एनआरएनएलाई यूएई सरकारमा नेपाली एशोसिएसन नाममा दर्ता गर्न सफल भए । दुई कार्यकाल नेपाली एशोसिएशन–एनआरएनए एनसीसी यूएईको अध्यक्ष भएर रमेशले संस्थाको उचाई थप्ने काम गरे । एउटा इतिहास कोर्न सफल भए ।
एनआरएनए अभियानमा संभावना बोकेका रमेश मध्यपुर्व उपसंयोजकमा अत्याधिक बहुमत ल्याएर भर्खरै विजयी भएका थिए । यद्यपी एनआरएनएको विवाद अदालतमा पुगेपछि पछिल्ला दुई कार्यकालका कार्यसमितिलाई मान्यता नदिने फैसला भएको छ । पदमा हुँदा होस् या पदभन्दा बाहिर रहँदा सामाजिक कार्य गर्नलाई केहीले छेक्दैन भन्ने मान्यता रमेशको रहेको छ । यूएईमा रहँदा विभिन्न सामाजिक संस्थामा आवद्ध रहेर काम गरिरहेका रमेश समस्या वा ठगीमा परेका नेपालीहरुका लागि मल्हम बनिहाल्छन्, सहगोगी हात बढाइहाल्छन् ।
एनआरएनए अभियानमा लाग्नेहरु धेरै रिक्रुटमेण्ट ब्यवसायमा संलग्न छन तर उनीहरू देखाउन चाहदैनन् वा भन्न रुचाउँदैनन । यूएईमा श्रमिक, व्यवसायी, सामाजिक अभियान्ता हँुदै एनआरएनए अभियानमा लागेका रमेश खुलेर रिक्रुटमेण्ट ब्यवसायलाई सम्मानित र मर्यादित बनाउन क्रियाशिल छन । उनमा आफुले पठाएका हरेक कामदारलाई सन्तुष्ट र सफल बनाउन पाउँ भन्ने ध्येय छ । रिक्रुटमेण्ट ब्यवसायलाई गर्व गर्न लायक सम्मानित पेशा बनाउनु छ । आकर्षक रोजगारका अवसरमा नेपालीलाई पु¥याउनु छ । अनि हरेक नेपालीको मुस्कानले रमेशलाई सम्मानसाथ जिउनु छ ।