‘श्रमाधान रोजगार मेला’ आजदेखि सुरु हुँदै, प्रधानमन्त्रीले उट्घाटन गर्ने

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ ।

मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा उद्घाटन गर्दैछन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, विराटनगर महानगरपालि प्रमुखलगायतको उपस्थिति रहनेछ ।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशको विराटनगरबाट शुभारम्भ भएर यो मेला सातैवटा प्रदेशमा आयोजना गरिनेछ ।

रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपालीहरुलाई एकआपसमा जोडन मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु रहेको मन्त्रालले जनाएको छ ।

मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने  जनाइएको छ ।

मेलामा रोजगारीको खोजीमा रहेकाहरू रोजगारदातासम्म पुग्ने, अवसरको पहिचान गर्ने र आवश्यक सीपको बारेमा जानकारी पाउन सक्ने छन ।

जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।

विराटनगरपछि मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते यो मेला गरिनेछ । त्यसपछि क्रमशः गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा जेठ २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते यो कार्यक्रम गरिँदै छ । अन्तिम चरणको तथा समापन कार्यक्रम भने बागमतीको ललितपुरमा जेठ २९ र ३० गते हुने मन्त्रालयको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटेल संघ नेपाल मेलाको सहआयोजक छन् । मेलालाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले सहयोग गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *