वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारलाई देउवाको आग्रह
- जेष्ठ ५, २०८१
- 0
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारलाई आग्रह गरेका छन्।
शनिवार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली श्रमीकहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका हुन्।
उनले वैदेशिक रोजगार र त्यहाँ श्रमीकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको बताउँदै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे।
‘रेमिटेन्सकोले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ । रोजगारीमा गएका साथीहरु ठगिनु भएन । दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् । यो वैदेशिक रोजगार एशोसिएशनले लिड रोल लिनुपर्छ,’ उनले भने।
देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए।
उनले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन पनि दिए।