केयरगिभर सेवामा नेपाली युवा इजरायल जाँदै

news-details

नेपाल सरकार र इजरायल सरकारवीच केयरगिभरका रुपमा काम गर्न जानेगरी केही युवाको स्वास्थ्य परीक्षण गरिएको छ ।

इजरायलमा केयरगिभरको काम गर्न भनेर ४२५ युवाको स्वास्थ्य परीक्षण भएकामा तीमध्ये २१ को करार सम्झौता भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

द्वन्दग्रस्त देश इजरायलमा केयरगिभरका लागि रोजगारदाताले श्रम सम्झौता गर्न थालेपछि नेपाली युवा त्यहाँ जान पाएका हुन् । लामो कुटनीतिक सम्वादपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवालाई इजरायलमा रोजगारी दिने वचन दिएपछि यो अवस्था आएको मन्त्रालय सम्बध्द सूत्रले बताएको छ ।

इजरायलमा सहायक श्रमिकका रूपमा विभिन्न वृद्धाश्रममा काम गर्न जान छनोटमा परेका युवा युद्धका कारण एक वर्षसम्म जान नपाएर अन्योलमा थिए । यो अवस्थामा केयरगिभरको आवश्यकता निकै बढेकाले इजरायले नेपाली युवा लैजान श्रम सम्झौता गर्ने तत्परता देखाएको हो । विभागका निर्देशक कविराज उप्रेतीका अनुसार, अहिलेसम्म २१ नेपाली रोजगारदातासँग श्रम सम्झौता गरिसकिएको छ । छनोट भएर स्वास्थ्य परीक्षण गरिसकेका ४२५ युवामध्ये तीन हप्ताभित्र २५२ युवाको श्रम सम्झौता गर्ने गरी इजरायलका रोजगारदाता कम्पनीले काम थालेका छन् । दुई वर्षदेखि इजरायलले अन्य देशको तुलनामा नेपाली युवालाई छनोट गर्न प्राथमिकता दिएपछि धेरै युवाको इजरायल जाने सपना पूरा हुन लागेको छ ।

यसअघि एक हजार १०५ युवा इजरायल गइसकेका छन् । इजरायलस्थित नेपाली दूतावासले युद्धअघि तत्कालका लागि ५०० माग र थप ५०० लागि छलफल छलफल गर्ने भनेको थियो । यसअघि नै पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिवा) सँगको छलफलमा नेपालबाट एक हजार केयरगिभर लैजानेबारे अनौपचारिक छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । तर तेस्रो चरणमा माग गर्ने भनिएको ५०० जनाका बारेमा भने थप छलफल गरेपछि मात्र कोटा तय हुने दूतावासले जनाएको छ । आवास क्षेत्रमा दिइने केयरगिभर सेवाको तुलनामा दुइ देशका सरकारहरुवीचको सम्झौता (जिटुजी)अनुसार जाने केयरगिभर सस्तो भएका कारण त्यहाँका केयरगिभर सेन्टरले पछिल्लो समय सरकारी माध्यममार्फत नै नेपाली युवा माग गर्न रुचि देखाएको छ ।

सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक इजरायल रोजगारीमा जाने गरेको भए पनि म्यानपावर कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लान रोकेकोे थियो । तीन वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रम सम्झौता गरिएको थियो । नेपाल र इजरायलबीच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको हो ।

स्वास्थ्य र जीवन वीमा सहित व्यक्तिगत सुरक्षाका प्रवन्धहरु भरपर्दो भएकाले इजरायल जान नेपाली युवा उत्सुक देखिएको विभागका एक उच्च अधिकारी बताउँछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *