१९ प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस

news-details

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

बुधबार बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जनालाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) नियमावली २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरिक्षक टेक प्रसाद राईले जानकारी दिएका छन् ।

यसअघि २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही समुहका ४६ जनाको बढुवा गरिएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *