रुसी सेनामा रहेका थप ७ नेपालीको मृत्यु (नामावलीसहित)
- चैत्र १, २०८०
- 0

रुसी सेनामा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।
रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ । साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
0 प्रतिक्रिया
राप्रपाको प्रदर्शनमा सीमित नेताहरू मात्रै सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शन शान्तिपूर्ण हुने र सीमित नेताहरू मात्रै सहभागी रहने बताएका छन् । […]
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको अध्यक्षमा अरुण अधिकारी

विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन् […]
राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृह मन्त्रालयको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर […]
शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा, विद्यार्थी भर्ना अभियान प्रभावित

दिपेश पौडेल / रौतहटका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्रभावित भएको […]
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]