रूसी सेनामा भर्ना भएका नेपालीका आफन्त रूसी दूतावास अगाडि धर्नामा

news-details

रूसी सेनामा भर्ना भएका नेपालीका आफन्तले काठमाडौंस्थित रूसी दूतावास अगाडि धर्ना दिएका छन् ।

रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गर्न, घाइतेको उपचार गर्ने लगायतका माग राख्दै दूतावास अगाडि धर्ना दिइएको हो ।

उनीहरूले रूसी सेनामा नेपालीलाई भर्ना गर्न बन्द गर, युद्धमा घाइते भएकाको उपचार गर, युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

दूतावासमा गएर नै आफ्ना कुरा राख्ने भन्दै भित्र छिर्न खोजेका उनीहरुलाई प्रहरीले रोकेपछि सडकमै धर्ना दिएर बसेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *