कोरिया पठाइदिने भन्दै तालिम, युवाबाट संकलित ३२ लाख रुपैयाँ फिर्ता

news-details

मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै युवाहरुबाट रकम लिएको इलामस्थित एउटा संस्थाबाट प्रशासनले लाखौं रकम फिर्ता गराएको छ ।

कोरिया पठाइदिने भन्दै सीपमूलक तालिम सञ्चालन गरेको ‘एसीई स्किल ट्रेनिङ सेन्टर’ तालिमका लागि युवाबाट रकम लिएको थियो ।

त्यसबारे उजुरी परेपछि इलाम जिल्ला प्रशासनले छानबिन गरेको थियो ।

प्रशासन कार्यालयका अनुसार उक्त ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो ।

तालिम सञ्चालन गरेको तथा सेवाग्राहीबाट मनोमानी रूपमा रकम असुल गरेको भनी प्राप्त उजुरीका आधारमा हालसम्म ३१ जनाको पूरा रकम फिर्ता गराइएको प्रशासनले जनाएको छ ।

यसैगरी, बाँकी तीन जनाको आधा रकम समेत गरी ३२ लाख ३० हजार रुपैयाँ फिर्ता गराइएको जनाइएको छ ।

कोरिया जान पाउने आशामा सेन्टरमा करिब तीन सय जनाले तालिम लिएका थिए । तालिम लिन आवेदन दिनेमध्ये छनोटमा परेका युवाबाट तालिमका लागि भन्दै जनही ९० हजार रुपैयाँभन्दा बढी लिएको पाइएको प्रशासनले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *