माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

news-details

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिकाघर भई हाल जिल्ला काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने प्रकाश गुरुङ रहेका छन् ।

उनले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै छ लाख अठार हजार रुपैयाँ ठगी गरेका हुन् ।

रकम लिई सम्पर्क विहीन रहेका उनलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *