मकाउ पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ

news-details

मकाउ पठाइदिने भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको महाराजगंजका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो ।

सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको प्रतिष्ठित कम्पनीमा पठाइदिने भन्दै नौ लाख रुपैयाँ माग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

सिग्देलले राम्रो तलब हुने विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटक पटक गरी जम्मा दुई लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको कार्यालयले जनाएको छ ।

उनको थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *