उद्योगमा रोजगारी सिर्जना गर्न त्रिपक्षीय सम्झौता

news-details

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिसिप) सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरिएको छ ।

विभिन्न छ वटा उद्योगहरुले कूल एक हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौटगरी प्रशिक्षण प्रदान गरी रोजगारी दिलाउने उद्देश्य अनुरुप उक्त सम्झौता गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल साथै नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघलगायत छ वटा संघसंस्थाबिच सम्झौता भएको हो ।

सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दिपक घिमिरे, नेपाल उद्योग परिसंघका तर्फबाट महानिर्देशक दिपकराज जोशी र उद्योगहरुका तर्फबाट सम्बन्धित उद्योगी/प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

प्रशिक्षार्थी कामदारहरुको अधिकतम महिनाको पारिश्रमिक नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्ने र उद्योगले तत्पश्चात कम्तिमा १८ महिना रोजगारीको सुनिश्चितता गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री रिजालले कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धि योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसरहरु सिर्जना हुने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा साझेदारी गर्ने सम्बद्ध पक्षलाई धन्यवाद दिँदै उनले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहन अनुरोध समेत गरे ।

उनले भने, ‘ विकासका विभिन्न पक्षहरुमध्ये उद्योग एउटा महत्वपूर्ण क्षेत्र हो । मुलुकभित्र उद्योगहरु स्थापना गर्नका लागि नेपाल सरकारले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न लगानीको वातावरण बनाउन लागिपरेको छ । साना उद्योगका लागि जनशक्ति व्यवस्थापन महत्वको पक्ष हो यसलाई कार्यान्वयन गर्न सहयोग गरिदिनुहोला ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *