रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

news-details

रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्ने कैलालीको लम्कीचुहा–६ का २८ वर्षीय सरोज थापा छन् । उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनि सात लाख ३० हजार रुपैयाँ ठगी उजुरी परेको प्रहरीको अपराध महाशाखाले जनाएको छ ।

बुधबार पक्राउ गरिएका थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *