मदरल्यान्ड ग्रुप जोडिएको धादिङमा संचालित तालिम केन्द्रबाट १५ जनाले लिए नि:शुल्क काष्ठकर्मी तालिम

news-details

मदरल्याण्ड ग्रुपले अन्तर्राष्ट्रिय तालिम प्रदानका लागि अर्को फड्को मारेको छ । काठमाडौंमा नै अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गरेर नेपालीलाई दक्ष बनाइरहेको मदरल्याण्ड धादिङको धुनीबेशीमा संचालित अर्को तालिम केन्द्रसँग पनि जोडिएको छ ।

शेषकान्त फाउण्डेशनले धुनीबेशी धादिङमा स्थापना गरेको नेपालकै पहिलो जर्मनी प्रविधिसहितको सुविधा सम्पन्न तालिम केन्द्र संचालनका लागि मदरल्याण्ड ग्रुप जोडिएको हो ।

साधारण काष्ठकर्मी तालिम लिएका १५ जना प्रशिक्षार्थीको तालिम समापन समारोहमा गत बिहीवार मदरल्याण्ड ग्रुपकका अध्यक्ष टेकबहादुर पौडेल र निर्देशक मनु भुर्तेल सोही कार्यक्रम र तालिमकेन्द्र अवलोकनका लागि धादिङ पुगेका थिए ।

धुनीबेसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यतामा ढकालखोलामा संचालनमा आएको शेषकान्त फाउन्डेसनबाट तालिममा उत्तिर्ण भएका १० जना प्रशिक्षार्थीलाई ३ महिने तालिम समापनको अवसर पारेर प्रमाणपत्र वितरण गरिएको थियो ।

नेपाली युवाहरुलाई दक्ष र उद्यमशिल बनाएर नेपालमै स्वरोजगार बनाउने उद्देश्यले जर्मनी टेक्नोलोजीको प्रयोग गरि प्रदान गरिएको ३ महिने तालिम प्रशिक्षार्थीका लागि निकै नै फलदायी बनेको छ ।

जर्मनी नागरिक इमिन र पेट्राको सहयोगमा संचालनमा आएको शेषकान्त फाउन्डेसनमा जर्मनी प्रविधिको प्रयोगबाट प्रशिक्षार्थीहरुले दक्ष प्रशिक्षकबाट तालिम लिन पाउने छन् ।

नेपालमा बढ्दै गरेको बेरोजगारीको समस्या, विदेश पलायन जस्ता समस्यालाई रोक्न यस्ता तालिम फलदायी हुने बताउँदै नगरप्रमुख अचार्यले नगरपालिकाले गर्ने काम शेषकान्त फाउन्डेसनले गरेकोमा खुशी व्यक्त गरे ।

तालिम लिएका युवाहरुलाई स्वदेशमै रोजगारीको सुनिश्चितता गर्ने बताउँदै उनले आगामी दिनहरुमा नगरपालिकाले तालिम लिन चाहानेहरुका लागि निशुल्क तालिम प्रदान गर्ने बताए ।

नेपालमा नै पहिलो पटक हाइड्रोपावर सम्बन्धीको तालिम, जर्मनी प्रविधिसहितको कार्पेन्टर तालिम, इलेक्ट्रिसियन तालिम, वल्डिङ तालिमका लागि आवासीय सुविधासहित नेपाली युवायुवतिलाई दक्ष बनाउन मदरल्याण्ड धादिङ पुगेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *