सम्बन्धित देशको भाषा, सीप र आवश्यक ज्ञान प्रदान गरेर मात्रै श्रमिक विदेश पठाउँछौं : मन्त्री भण्डारी

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्बन्धित देशको भाषा, सीप र आवश्यक ज्ञान प्रदान गरेर मात्रै श्रमिक विदेश पठाउने गरी सरकारले गृहकार्य गरिरहेको बताएका छन ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाली श्रमिकहरुलाई सरकारले न्युनतम सम्बन्धित देशको भाषा र सीप सिकाएर पठाउन विभिन्न देशका राजदुतहरु, एनआरएन तथा एजेन्सीहरुले आग्रह गरिरहेकाले त्यही आग्रहअनुसार सरकारले तयारी गरिरहेको बताए । उनले वैदेशिक रोजगारीमा विचौलियाको भुमिका अन्त्यका निम्ति आफूहरूले काम गरिरहेको पनि उल्लेख गरे ।

श्रममन्त्री भण्डारीले मलेसिया लगायत खाडी मुलुकमा श्रमिकलाई फ्रि भिसा फ्रि टिकटमा पठाउन नसकिने बताए । उनले वैदेशिक रोजगारीमा पठाउने सरकार वा एजेन्सी दुवैले लागत लगाउनुपर्ने भएकाले फ्रि भिसा फ्रि टिकटमा पठाउन नसक्ने अवस्था रहेको बताए । उनले विदेश पठाउने सेवा प्रदायकले व्यहोर्दा मात्रै श्रमिकलाई शुन्य लागत लाग्ने अवस्था रहेको बताए । उनले ९ लाख नेपाली श्रमिक मलेसिया भएपनि अहिलेसम्म तीमध्ये १५ हजार पनि शून्य लागतमा नगएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *