त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध

news-details

विवादित भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरिएको छ ।

चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुला गरेको विज्ञापन रद्ध गरेको हो । गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त आइतबार गोरखापत्रमा सूचना जारी गर्दै उक्त दरखास्त रद्ध गरिएको छ । दरखास्त विज्ञापनमा उल्लेख भएका नियुक्ति प्रक्रियाका प्रावधानमा विवाद भएको थियो ।

विवाद सृजना भएपछि गत शुक्रबार प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्याउन निर्देशन दिएका थिए ।

शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ९वर्ष, महिना र दिनसमेत० व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नु पर्ने सूचना प्रकाशित भएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *