साउदी जादा बायोमेट्रिक गर्नैपर्ने बाध्यकारी नियम लागू हुन नदिन मञ्चको ध्यानाकर्षण

news-details

वैदेशिक रोजगारीका लागि साउदी अरब जाने कामदारले अनिवार्य बायोमेट्रिक गर्नुपर्ने बाध्यकारी नियम लागू हुन नदिन प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

नेपालस्थित साउदी दूतावासले एक सुचना निकाली यही जनवरी १, २०२४ देखि लागू हुनेगरी भिएफएस प्रणालीमार्फत अनिवार्य बायोमेट्रिक गर्नुपर्ने बाध्यकारी नियम नेपालमा लागू गर्न लागेकाले यसप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउदै मञ्चले यस बाध्यताकारी व्यवस्था हटाएर कामदारको पक्षमा हुनेगरी निर्णय गर्न नेपाल सरकारसँग माग गरेको हो ।

साउदी अरबले आफ्ना अन्य स्रोत मुलुकहरु कतै लागू नगराएको भिएफएस प्रणालीमार्फत अनिवार्य बायोमेट्रिक गर्नुपर्ने बाध्यकारी नियम नेपाल सरकारसँग कुनै पनि अनुमति नलिइ नेपालमा मात्र पाइलट प्रोजेक्टकोरुपमा लागू गराउन लागेको र वायोमेट्रिक गरेपनि डिपोर्ट नहुने कुराको विश्वसनीयता समेत नरहेकाले यसप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको मञ्चले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

यस्तै वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै मुलुक जादा पनि भाषा परीक्षा दिनुपर्ने र उतिर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको भन्ने सुन्न आएकाले कामदारलाई आर्थिक भार पार्ने यस्ता प्रणाली, व्यवस्था वा जुनसुकै प्रकारका एकाधिकार खडा गर्ने प्रयासका विरुद्ध कडा प्रतिवाद गर्ने पनि मञ्चले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *