अध्ययन तथा रोजगारीका लागि विदेश जानेले तीन दिनभित्रै लाइसेन्स पाउने
- पुस ११, २०८०
- 0
यातायात व्यवस्था विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जानेहरूलाई तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ।
यसबाहेक विभागले शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना र प्रहरीहरूका लागि पनि तीन दिनभित्र लाइसेन्स दिने बताएको छ।
बुधबार विभागले एक सूचना जारी गर्दै लाइसेन्स शिघ्र प्रिन्टका लागि पुस १५ गतेदेखि आवेदन दिन सकिने जनाएको छ।
शिघ्र प्रिन्टका लागि विभागले आफ्नो अनलाइन लाइसेन्स प्रणालीको पोर्टल मार्फत् आवेदन दिन आग्रह गरेको छ।
निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र स्मार्ट कार्ड सेवाग्राहीले पाउने पनि सूचनामा भनिएको छ।
0 प्रतिक्रिया
एमालेले नेता भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा र उषाकिरण ६ महिना निलम्बित
नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले नेता भीम रावललाई संगठित सदस्यबाट कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले उनलाई […]
जसपा नेपालद्वारा केन्द्रीय विभागहहरुको बैठक आह्वान
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ । जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा […]
काठमाडौं आइपुगे गायक सोनु निगम, आज बेलुका हायात होटलको मैदानमा प्रस्तुती दिने
भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् । क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु […]
एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित […]
एमालेको सचिवालय बैठक आज बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्न भएको हो । […]