संघका अध्यक्ष भण्डारी महासंघको रोजगार समितिको उपसभापतिमा मनोनित
- रोजगारमञ्च
- पुस ५, २०८०
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापति पदमा मनोनीत भएका छन् ।
उद्योग वाणिज्य महासंघ र महासंघअन्तर्गतका प्रादेशिक संघहरुले समिति र त्यसमा सदस्यहरु विस्तार गर्नेक्रममा बुधबार गोपाल खनालको सभापतित्वमा रहेको शिक्षा सीप विकास तथा रोजगार समितिमा भण्डारीलाई उपसभापतिमा मनोनयन गरेको हो ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अरोरा ह्युमन रिसोर्सका संचालक समेत रहेका भण्डारीलाई मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।
मेनपावर व्यवसायीहरुको छाता संगठनका अध्यक्ष भण्डारीलाई महासंघले महत्वपुर्ण समितिको उपसभापतिमा मनोनित गरेकोमा संघका महासचिव मेघनाथ भुर्तेलले आम व्यवसायीहरुको तर्फबाट सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेका छन् ।