रूसी सेनामा २०० भन्दा बढी नेपाली भर्ती भएको भन्ने जानकारी छ : प्रधानमन्त्री प्रचण्ड
- मंसिर २५, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, रूसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारसंग रहेको जानकारी दिएका छन् ।
प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब २०० नेपाली रूसी सेनामा भर्ती भएको जानकारी सरकारसंग रहेको बताएका हुन् ।
‘रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो ।’ उनले भने ‘अब २०० भन्दा बढी छन् भन्ने छ, त्यसको खोजी, अध्ययन भइरहेको छ’ उनले भने ।
0 प्रतिक्रिया
नेप्से परिसूचक ४.१९ अंकले बढ्यो
सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द […]
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय […]
पर्यटन मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्ने तयारी
संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्दै संघीयता सवलीकरणमा लागिरहेको बताएका छन् । विहीबार संघीयता […]
३९ वटा देशका लागि अलग अलग संसदीयमैत्री समूह गठन
संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ । बिहीबार ३९ वटा देशमा संसदीय मैत्री समूह […]
जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै जुट्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् […]