बेलायतमा आप्रवासन ठूलो समस्या बन्दै

news-details

बेलायतमा अहिले आप्रवासन ठूलो समस्या बन्दै गएको छ । यसलाई रोक्न सरकारले धेरै निर्णय गरे पनि विरोधको पनि खुवै सामना गरिरहेको छ ।

बेलायती प्रधानमन्त्रीले ऋषी सुनकले आफ्नो सिमाना सुरक्षित गर्न कडा निर्णय लिइरहेको बताउँदै अवैध आप्रवासन अन्त्य हुनुपर्ने अडानमै रहेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार ट्विट गर्दै भनेका छन् ‘कि हाम्रो नयाँ विधेयक अहिलेसम्मकै सबैभन्दा कडा गैरकानूनी आप्रवासी विरुद्धको कानून हो ।

‘म आप्रवासीको छोरा भए पनि मेरा आमाबुवा कानुनी रूपमा बेलायत आएका थिए । हाम्रो देशमा आपराधिक गिरोहले कमजोर मानिसहरूलाई सताउन सक्दैन।

आप्रवासीहरूको बच्चाको रूपमा म बुझ्न सक्छु किन मानिसहरू यहाँ आउन चाहन्छन् ।’ प्रधानमन्त्री सुनकले भनेका छन् ।

हालै बेलायतका गृहमन्त्री जेम्स क्लेभर्लेले हाउस अफ कमन्सलाई नयाँ नियमअनुसार स्वास्थ्य भिसामा बेलायत आउने चिकित्सकहरूले अब आफ्नो परिवारका सदस्यलाई साथमा ल्याउन नपाउने बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *