क्रोएशिया पठाउने भन्दै १२ करोड ठगी : न्यायका लागि सरकारसंग आग्रह

news-details

क्रोएशिया लैजाने भन्दै सुर्खेतका रिदम भनिने कृष्णबहादुर रानामगरले १२ करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै पीडितहरुले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, उनीहरुले आफूहरुलाई ठग्ने ठूलो गिरोह नै सक्रिय भएको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

१५० जनाभन्दा धेरैबाट रानामगरको गिरोहले १२ करोडभन्दा धेरै ठगेको पीडितको दाबी छ ।

ठगिनेहरु अधिकांश युवायुवतीहरु रहेको बताइएको छ । गोकुलबहादुर कार्कीमार्फत रानामगरले दोलखाका युवायुवतीमार्फत पैसा उठाएको पीडितहरुको गुनासो छ ।

पत्रकार सम्मेलनमा कार्कीले आफूसँग भिसामात्रै नभएर जहाजको टिकटपनि भयो अब काम भैहाल्छ भनेर बोलेको आवाजको रेकर्डपनि सुरक्षित रहेको बताएका छन् ।

दोलखाबाट मात्रै रानामगरले २ करोड रुपैयाँ पैसा असुली गरेको कार्कीको भनाई छ । क्रोएशिया पठाईदिने भन्दै आफूहरुसँग जनही ७ देखि ९ लाखको दरले रकम असुली गरेको पीडित बलराम पराजुलीले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *