रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको पुष्टि

news-details

रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। ​

रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मत्यु भएको रुसी सेनाले जानकारी दिएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलाम–५ का गंगाराज मोक्तान छन्।​

उनीहरुको गत १५ नोभेम्बर ९कात्तिक २९० गते मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मृत्यु प्रमाणपत्रसमेत प्राप्त भइसकेको दूतावासले जनाएको छ।

रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो। ​

उनीहरुको गत कात्तिक २९ गते तिहारको भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन्।

यसअघि असार २९ मा गोरखाका सन्दीप थपलिया पनि युक्रेनको बाखमुतमा मारिएका थिए । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *