आन्दोलनरत स्थानीय तहका कर्मचारीले सरकारसँग गरे १९ बुँदे सहमति
- अशोज २८, २०८०
- 0

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ ।
सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ ।
संघीय मामिला मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई र संघर्ष समितिका संयोजक दीपक गौतह लगायतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी दुई साता यता आन्दोलित बनेका थिए ।
ऐनमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड तय गर्ने, स्थानीय सेवाका स्थायी कर्मचारीहरूलाई निजामती कर्मचारीका रूपमा परिभाषित गर्ने व्यवस्थाका लागि प्रदेश कानून निर्माण गर्न पहल गर्ने,विद्यमान कानूनमा भएको सेवा परिवर्तन सम्बन्धि व्यवस्था बमोजिम आवश्यकता अनुसार प्रकृया अगाडि बढाइने लगायतका विविध १९ बुँदे सहमति भएको छ ।
0 प्रतिक्रिया
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम मन्त्रीको सम्बोधन : मर्यादित श्रमका लागि नेपालको प्रतिबद्धता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन । अन्तर्राष्ट्रिय श्रम […]
Shrestha Family Donates Largest Bell to Manakamana Temple in Sankhuwasabha

At the revered Manakamana Temple in Nepal’s Sankhuwasabha district, Surendra (Suren) Shrestha, his wife Ruby Shrestha and his daughter Sarina […]
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न […]
दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ । राज्य व्यवस्था […]
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् अन्तरगत आज दुवै सदनको बैठक बस्दै छ । जस अन्तर्गत राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको […]